बंगलादेशमा अन्तरिम सरकार गठनबारे के भन्छ प्रमुख प्रतिपक्षी दल ?
ढाका । मंगलबार दिउँसो २ बजेसम्म अन्तरिम सरकार गठन नभए देशमा राजनीतिक शून्यता सिर्जना हुन सक्ने बंगलादेशको प्रमुख प्रतिपक्षी दल बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी)का महासचिव मिर्जा फखरुल इस्लाम आलमगीरले बताएका छन् ।
मंगलबार ढाकामा आयोजित पत्रकार सम्मेलनमा बिएनपीले अन्तरिम सरकारका लागि राष्ट्रपतिसमक्ष कुनै नाम प्रस्ताव नगरेको बताएको छ । राष्ट्रपतिले अनुरोध गरेमा पार्टीले नाम पठाउने पनि उनले बताए । आरक्षण विरोधी विद्यार्थी आन्दोलनका तर्फबाट नोबेल पुरस्कार विजेता अर्थशास्त्री मोहम्मद युनुसको नाम प्रस्ताव गरेको सन्दर्भमा पार्टीले प्रतिक्रिया दिएको छ ।
विद्यार्थीप्रति पूर्ण विश्वास रहेको पार्टीले बताएको छ । तर सर्वदलीय कुरालाई महत्त्व दिनुपर्ने पनि बीएनपीको भनाई छ । तीन महिनाभित्र चुनाव गरेर सत्ता हस्तान्तरण गर्न पनि उनले आग्रह गरेका छन् । बिएनपीका कार्यवाहक अध्यक्ष तारिक रहमानलाई पार्टीले छिट्टै स्वदेश फर्कन आग्रह गरेको आलमगीरले बताए । प्रतिशोधको भावले संस्थानहरूमा आक्रमण र लुटपाट रोक्नुपर्ने र यस्ता मान्छे आन्दोलन विरोधी हुने पनि उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण