हसिनाले छाडेपछि लगातार दोस्रो दिन पनि बढ्यो बंगलादेशको सेयर बजार
बुधबार, २३ साउन २०८१, १४ : ०७
ढाका । बंगलादेशको सेयर बजारमा बुधवार हरियाली देखिएको छ । प्रधानमन्त्री शेख हसिना र उनको सरकारको पतनपछि लगातार दोस्रो दिन पनि बजार उकालो लागेको हो ।
त्यहाँको बेन्चमार्क शेयर परिसूचक ढाका स्कट एक्सचेञ्ज (डीएसई) बिहान ११ः५० सम्ममा ६५ अङ्कले बढेर ५ हजार ४९१ अंकमा उक्लिएको थियो । यो अघिल्लो दिन बजार बन्द हुँदाखेरीको तुलनामा १ दशमलव २ प्रतिशत धेरै हो ।
ब्लु–चिप इन्डेक्स डीएस ३० पनि ३३ अंकको वृद्धिसहित १ हजार ९६८ अंकमा पुगेको थियो । यो पनि अघिल्लो दिन कारोबार बन्द हुँदाखेरिको भन्दा १ दशमलव ७२ प्रतिशत धेरै हो ।
सोही समयमा अर्को परिसूचक डीएसईएस ११ अङ्कले बढ्यो । बुधवार अन्य स्थानीय शेयर परिसूचक पनि हरियालीमै थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण