डाँकाचोरी मुद्दामा ३ वर्ष जेल बसेर निस्केका युवक पुनः चोरी आरोपमा पक्राउ
काठमाडौँ । काठमाडौँ महानगरपालिका–१ ज्ञानेश्वरस्थित भैरव मार्गमा चोरी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुर घर भएर काठमाडौँ बस्ने ३८ वर्षीय दीपक खड्का र मकवानपुर घर भएका २७ वर्षीय निरज बिक छन् ।
साउन २१ मा दिउँसो उनीहरूले राजु नेपालीको डेरा फुटाएर सुनको गहना र नगद चोरी गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए ।
डेरामा दीपक खड्का प्रवेश गरेर चोरी गरेपछि सामान लिएर उनी स्कुटरमा भागेको अनुसन्धानबाट थाहा भएको छ । चोरेको सामान दीपक र निरजले बाँडेर लिएको अवस्थामा बरामद गरिएको छ । खड्का डाँकाचोरी मुद्दामा जेल बसेर निस्केको हुन् । उनी यसअघि ३ वर्ष जेल बसेर निस्केको अपराध रेकर्ड भेटिएको छ ।
गुल्मीको रेसुङ्गा घर भएर ज्ञानेश्वर बस्ने राजु नेपालीको घरबाट करिब ११ लाख ३६ हजार चोरी भएको पीडितले दाबी गरेका छन् । प्रहरीले चोरीमा प्रयोग भएको बा.७९ प ७७६४ नम्बरको स्कुटर र चोरेको गहना बरामद गरेको छ । घटनाबारे प्रहरी वृत मालिगाउँले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिममा ४ हजारभन्दा बढी सवारीलाई कारबाही, ३४ लाख राजस्व सङ्कलन
-
रास्वपा सचेतक परियारको प्रश्न : दुई–चार वटा गाडी तेर्स्याएर नेपाली प्रेस तर्सिन्छ ?
-
प्रतिनिधि सभामा पुगेर निस्किए प्रधानमन्त्री
-
बिना अवरोध सञ्चार गृहले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता उपभोग गर्न पाउनुपर्नेमा प्रलाेपाकाे जोड
-
कांग्रेसले भन्यो– प्रश्न उठाउनेमाथि बल प्रयोग र प्रतिशोध स्वीकार्य छैन
-
दूरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्तिमा प्रश्न– ५ बजेसम्म अन्तर्वार्ताको समय थियो, ३ बजे नै नियुक्ति कसरी भयो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण