जिम्मेवारीभन्दा बाहिर गएर काम गरेको आरोपमा सफ्टवेयर कम्पनीका कर्मचारी पक्राउ
बुधबार, २३ साउन २०८१, २० : ००
काठमाडौँ । नयाँ बानेश्वरस्थित एक सफ्टवेयर कम्पनीमा कार्यरत कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको सुन्दर हरैंचा नगरपालिका–११ घर भएर पेप्सीकोला बस्ने २८ वर्षीय समीर लुइँटेल छन् ।
सफ्टवेयर कम्पनीको आइटी एडमिनको रुपमा कार्यरत लुइँटेलले कम्पनीको रिसोर्स प्रयोग गरेर अन्य अनलाइन कम्पनीहरूको ब्याकलिंक गरेर रकम लिने गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
उनले जिम्मेवारीभन्दा बाहिर गएर डिटीजल मार्केटमा अरूलाई सहयोग पुग्नेगरी आफू काम गर्ने कम्पनीको अथोराइज्ड एक्सेस दुरुपयोग गरेको साइबर ब्यूरोका एसपी दिपकराज अवस्थीले रातोपाटीलाई बताए ।
प्रहरीले उनीविरुद्ध विद्युतीय कारोबार ऐन विरुद्धको कसुरमा ७ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा सचेतक परियारको प्रश्न : दुई–चार वटा गाडी तेर्स्याएर नेपाली प्रेस तर्सिन्छ ?
-
प्रतिनिधि सभामा पुगेर निस्किए प्रधानमन्त्री
-
बिना अवरोध सञ्चार गृहले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता उपभोग गर्न पाउनुपर्नेमा प्रलाेपाकाे जोड
-
कांग्रेसले भन्यो– प्रश्न उठाउनेमाथि बल प्रयोग र प्रतिशोध स्वीकार्य छैन
-
दूरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्तिमा प्रश्न– ५ बजेसम्म अन्तर्वार्ताको समय थियो, ३ बजे नै नियुक्ति कसरी भयो ?
-
आक्रामक फ्रान्स, हावामा बलियो इंग्ल्याण्ड, रचनात्मक स्पेन र अल्छी अर्जेन्टिना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण