एयर डाइनेस्टी दुर्घटनामा परेकाकाे शव डिजास्टर भिक्टिम आइडेन्टिफिकेसन प्रणालीबाट पोस्टमार्टम हुने
काठमाडौँ । नुवाकोटको शिवपुरीमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएका चालकसहित पाँच जनाको शवको आज पोस्टमार्टम हुँदैछ । बुधबार दिउँसो काठमाडौँ विमानस्थलबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको हेलिकप्टर दुर्घटना हुँदा चिनियाँ पर्यटक जुदाड टाङ (पुरुष), जी ली (पुरुष), यियाद वु (महिला), जेमिङ सी (पुरुष) र क्याप्टेन अरुण मल्लको मृत्यु भएको थियो ।
मृत्यु भएकाकाे शव डिजास्टर भिक्टिम आइडेन्टिफिकेसन प्रणालीबाट पोस्टमार्टम हुने त्रिवि शिक्षण अस्पताल फोरेन्सिक विभागका प्रमुख डा.गोपालप्रसाद चौधरीले जानकारी दिए ।
‘पोस्टमार्टम तथ्याङ्क सङ्कलन कार्य भइरहेको छ, हामीले चाइनिज अफिस कन्सुलरमार्फत मृतकका आफन्तलाई विवरण भर्न आग्रह गरेका छौँ’ उनले भने, ‘उहाँहरूबाट फारम भरेर आइसकेपछि (पोस्टमार्टमको विवरण आइसकेपछि) म्याचिङ प्रोसेस सुरु गरेर बडी आइडेन्टीफाई सुरु हुन्छ ।’
डा.चौधरीका अनुसार आफन्तबाट मृतकको पहिचान विवरण र पोस्टमार्टम विवरण आज सङ्कलन गरिनेछ । भोलि मात्रै शव पहिचानको म्याचिङ हुने उनले बताए ।
डिजास्टर भिक्टिम आइडेन्टिफिकेसन प्रणालीबाट पोस्टमार्टम गर्दा सुरुमा शव पहिचानका लागि फिंगर प्रिन्ट, डेन्टल (दाँतको भाग) र शरीरमा स्थायी रूपमा बनेका सङ्केतहरू (खत, ट्याटु आदि), पहिरन, गहना लगायत हेरिने विभाग प्रमुख चौधरीको भनाई छ ।
यसअघि सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएका १८ जनाको पनि डिजास्टर भिक्टिम आइडेन्टिफिकेसन प्रणालीबाट पोस्टमार्टम गरी शव पहिचान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण