खेल मिलेमतोको आरोपमा श्रीलंकाली क्रिकेटरमाथि छानबिन
काठमाडौँ । श्रीलंकाली क्रिकेट टोलीका बायाँहाते स्पिनर प्रविण जयाबिक्रमामाथि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले छानिबिन अगाडि बढाएको छ । आर्थिक अनियमितताको आरोपमा उनीविरुद्ध छानबिन अघि बढाइएको बताइएको छ ।
२५ वर्षीय प्रविण स्पिनर जयाबिक्रमामाथि लंका प्रिमियर लिगका क्रममा खेल मिलेमतो गरेको आरोप लगाइएको छ । उनले लंका प्रिमियर लिगको सन् २०२१ को सिजनमा खेल मिलेमतो गरेको समाचारमा जनाइएको छ ।
प्रविण जयाबिक्रमाले श्रीलंकाका लागि तीनवटै ढाँचाको प्रतियोगिता खेलिसकेका छन् । उनले पाँच टेस्टको १० पालीमा २५ विकेट लिएका छन् । यसका अतिरिक्त उनले पाँच एकदिवसीय अन्तर्राष्ट्रियमा पाँचवटा र पाँच टी–२० अन्तर्राष्ट्रियमा दुई विकेट लिएका छन् ।
उनले पछिल्लो पटक श्रीलंकाका लागि सन् २०२२ मा अस्ट्रेलियाविरुद्ध टी–२० शृंखला खेलेका थिए । सन् २०२१ को लंका प्रिमियर लिगमा उनले जाफना किङ्सबाट खेलेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
-
आठ महिलाको हत्या गर्ने कुख्यात सिरियल किलर ह्युमरम्यानलाई आजीवन कारावास
-
विश्वकप २०२६ः पोर्चुगल र डीआर कंगोबिच खेल सुरु, ऐतिहासिक कीर्तिमान नजिक रोनाल्डो
-
जेनजी घाइते सन्तनु ढकालले रवि लामिछानेसँग सेल्फि हान्दै भने– ‘एकछिन’
-
खेलाडीलाई धक्का दिएको आरोपमा सूर्यवंशीमाथि कारबाही सिफारिस
-
अमेरिका–इरान सम्झौता अन्तिम नभएको ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण