बाँके कारागारमा क्षमताभन्दा ३ गुणा धेरै कैदी बन्दी, जयेन्दु सुधार गृहमा ९३ जना वयस्क
काठमाडौँ । बाँके सदरमुकाममा सञ्चालित कारागारमा क्षमताभन्दा ३ गुणा बढी कैदी बन्दी रहेको भेटिएको छ । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिले अनुगमन गर्दा टहरामा रहेको कारागारमा शौचालय पर्याप्त भेटिएन । कारागारमा ३५० जना मात्र अट्ने क्षमता भए पनि ९९६ जना कैदी तथा थुनुवा रहेको अनुगमन रिपोर्टमा उल्लेख छ । रिपोर्टमा भनिएको छ, ‘कारागारमा क्षमताभन्दा बढी कैदी र थुनुवा राखिएकाले भातको थाली राखेर खान समेत समस्या रहेको भेटियो ।’
समितिकी सभापति विमला सुवेदी, सदस्यहरू चन्द्रबहादुर विश्वकर्मा, ध्रुवबहादुर प्रधान, पूर्णबहादुर घर्ती, शेरबहादुर कुँवर र सोबिता गौतमले बाँकेको जयेन्दु बालसुधार गृह, बाँके, बर्दिया र सुर्खेतको कारागार अनुगमन गरेका हुन् । उप–समितले तयार गरेको प्रतिवेदन शुक्रबार पारित गरिएको छ ।
बाँकेको डुडुवा गाउँपालिका–६ स्थित आस्मानपुरमा सञ्चालित जयेन्दु बाल सुधार गृहमा १८ वर्ष ननाघेका ९३ जना नाबालक कैदी रहेको भेटिएको छ । बाल सुधार गृहमा कुल २४० जना नाबालक बन्दी छन् ।
संसदीय अनुगमन उप–समितिले १८ वर्षभन्दा माथिका बालबालिकालाई कारागार वा अन्यत्र छुट्टै व्यवस्था गर्न सरकारलाई सुझाव दिएको छ । अनुगमन उप–समितिले बालसुधार गृहमा खटिएका प्रहरीले बर्दी लगाउन र हतियार बोक्न नपाउने अहिलेको कानुन परिवर्तन गरेर हतियार राख्ने व्यवस्था लागू गर्नुपर्ने निष्कर्ष सहितको प्रतिवेदन समितिमा बुझाएको छ ।
कारागार कार्यालय बर्दिया र सुर्खेतमा पनि क्षमताभन्दा ४ गुणा बढी कैदी बन्दी राखेको भेटिएको छ ।
प्रतिवेदन-
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीटीईभीटीको उपाध्यक्ष र सदस्य सचिवमा दरखास्त आह्वान
-
भृकुटीमण्डपमा ‘फिन इलेक्ट्रो–टेक २०२६’ सुरु, अर्थमन्त्रीले गरे उद्घाटन
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
-
सम्बन्ध विच्छेदको मुद्दामा ‘किस इमोजी’ को चर्चा : लद्दाख उच्च अदालतद्वारा महिलाको निवेदन खारेज
-
महेन्द्र राजमार्गको चन्द्रौटा–कोहलपुर खण्ड चार लेनमा स्तरोन्नति गरिँदै
-
भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति पौडेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण