विराटनगरको बालसुधार गृहमा अधिकांश वयस्क कैदी (प्रतिवेदनसहित)
काठमाडौँ । मोरङको विराटनगर बालसुधार गृहमा अधिकांश १८ वर्ष उमेर कटेका भेटिएका छन् । अधिकांश बलात्कार मुद्दाका र वयस्क रहेका संसदीय समितिले गरेको अनुगमनबाट भेटिएको छ ।
कानुन, न्याय तथा मानव अधिकार समितिले गठन गरेको उप–समितिले अनुगमन गर्दा सुधार गृहमा अधिकांश वयस्क र बलात्कार मुद्दामा कैदीबन्दी भेटिएका हुन् । समितिले २०८० चैत ८ मा उपसमिति गठन गरेको थियो ।
समितिमा जीवन परियार, पुष्प बहादुर शाह, रञ्जु कुमारी झा, राम कुमार राई र सुशिला थिङ सदस्य थिए । विराटनगर बालसुधार गृहको क्षमता ५० जना भएपनि अहिले २ सय २२ जना थुनामा रहेको उप–समितिले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।
वयस्कहरू धेरै हुँदा उनीहरूले साना उमेरका बालकहरूलाई कुटपिट र दुर्व्यवहार गर्ने गरेको उप–समितिको ठहर छ । समितिले आफ्नो प्रतिवेदनमा भनेको छ,‘बालसुधार गृहमा एउटा कोठामा खाटमुनी र माथि गरी तिन तहमा कोचाकेच गरेर बालकहरु बसेको पाइयो ।’
बालसुधार गृह सुधार गृहको रूपमा नभएको र यातना गृह जस्तो भएको निष्कर्ष सहित उप–समितिले कानुन संशोधन गर्न र भौतिक अवस्था परिमार्जन गर्न सुझाएको छ । झुम्का कारागारको व्यवस्थापन राम्रो रहेको उपसमितिका सदस्य पुष्प बहादुर शाहले बताए । समितिको शुक्रबारको बैठकमा उनले भने,‘मोरङ कारागारमा क्षमताभन्दा धेरै कैदीबन्दी रहेको पाइयो ।’
सदस्यहरूले मोरङ, सुनसरी र धनकुटा जिल्लाको कारागार अनुगमन गरेर प्रतिवेदन बुझाएका छन् । समितिकी सभापति विमला सुवेदीको प्रस्तावमा शुक्राबर सो प्रतिवेदन पारित भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
-
खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
-
क्यान्सरका बिरामीलाई थप पीडा : किमोथेरापीमा प्रयोग हुने औषधि पाउनै सकस
-
भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल भोलि भारत जाने
-
सन् २०२२ को जादु दोहोर्याउने लक्ष्यमा मोरक्को
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण