एमाले–कांग्रेसले व्यक्ति व्यवस्थापनका लागि मन्त्रालय विभाजन गर्न खोजेको माओवादीको आरोप
विराटनगर । कांग्रेस र एमालेको आन्तरिक विवाद व्यवस्थापनका लागि कोशी प्रदेशको मन्त्रालय विभाजन गर्ने तयारी गरेको भन्दै नेकपा (माओवादी केन्द्र)ले आपत्ति जनाएको छ ।
माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै प्रदेशका मन्त्रालय विभाजन गरेर मन्त्रालय सङ्ख्या बढाउने कुरा मान्य नहुने स्पष्ट पारेका छन् ।
‘एमाले–काँग्रेसले व्यक्ति व्यवस्थापन र भागबन्डाको नाममा दीर्घकालीन दायित्व सिर्जना हुने गरी प्रदेशका मन्त्रालय विभाजन गरेर मन्त्रालयको सङ्ख्या बढाउने कुरा हाम्रो दललाई कुनै पनि हालतमा मान्य हुने छैन’, दलका नेता आङ्बोले भनेका छन्, ‘भागबन्डाको नाममा संघीयताको हुर्मत लिने र संघीय व्यवस्थालाई नै बदनाम गर्ने कार्य तत्काल रोक्न आग्रह गर्दछौँ ।’ प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आइतबार पत्रकारहरूसँगको भेटका क्रममा मन्त्रालयको सङ्ख्या बढ्न सक्ने सङ्केत गरेका थिए ।
यस्तै आङ्बोले बहुमतको बलमा बजेट संशोधन या पुनरावलोकन गर्ने प्रयास नगर्न पनि सरकारलाई आग्रह गरेका छन् । ‘हाम्रो संविधान, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन र संसदीय प्रणालीमा प्रदेशसभाबाट पारित भइसकेको बजेट संशोधन या पुनरावलोकनको सम्भावना रहन्न, बहुमतको बलमा त्यस्ता असंवैधानिक र गैरकानुनी कार्य नसोच्न गम्भीर ध्यानाकर्षण गराउँदछौं,’ उनले भनेका छन् । आङ्बोले प्राकृतिक विपत्ती, अत्यावश्यक विधेयक र यिनै समसामयिक विषयहरुमा खुला छलफल गर्न तत्काल प्रदेशसभा सुचारु गर्न माग पनि दोहोर्याएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण