ससुराको हत्या गरेको अभियोगमा ज्वाइँ पक्राउ
मङ्गलबार, २९ साउन २०८१, १० : १२
पर्सा । पर्सामा एक जना युवकले आफ्नै ससुराको हत्या गरेका छन् । वीरगन्ज महानगरपालिका-७ रामटोल बस्ने ६५ वर्षीय सिताराम सर्राफको हत्या गरेको अभियोगमा उनकै ज्वाइँ पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा सोही महानगरपालिका-१० प्रगति टोल डेरा गरी बस्ने बारा कलैया उपमहानगरपालिका-१ राजदेवी टोल घर भएका ३१ वर्षीय साजन सर्राफ रहेका छन् । उनलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनीहरूबिच विवाद भएपछि साजनले सीताराममाथि कुटपिट गरेका थिए । कुटपिटबाट गम्भीर घाइते भएका सीतारामको नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिममा ४ हजारभन्दा बढी सवारीलाई कारबाही, ३४ लाख राजस्व सङ्कलन
-
रास्वपा सचेतक परियारको प्रश्न : दुई–चार वटा गाडी तेर्स्याएर नेपाली प्रेस तर्सिन्छ ?
-
प्रतिनिधि सभामा पुगेर निस्किए प्रधानमन्त्री
-
बिना अवरोध सञ्चार गृहले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता उपभोग गर्न पाउनुपर्नेमा प्रलाेपाकाे जोड
-
कांग्रेसले भन्यो– प्रश्न उठाउनेमाथि बल प्रयोग र प्रतिशोध स्वीकार्य छैन
-
दूरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्तिमा प्रश्न– ५ बजेसम्म अन्तर्वार्ताको समय थियो, ३ बजे नै नियुक्ति कसरी भयो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण