सोलुखुम्बुमा हिमपोखरी फुटेको आशङ्का, थामे क्षेत्रमा त्रास
काठमाडौँ । सोलुखुम्बु जिल्लाको खुम्बु पासङल्हामु गाउँपालिका वडा नम्बर ५ मा हिमपहिरो गएको छ । हिमपोखरी फुटेर थामे क्षेत्रमा बाढी पसेको स्थानीयले खबर गरे पनि थप विवरण आइनसकेको प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जानकारी दिइन् ।
उनले बाढीले थामे गाउँमा ठुलो क्षति भएको हुनसक्ने आशङ्का गरिए पनि विवरणहरू आइनसकेको बताइन् । प्रमुख जिल्ला अधिकारी खत्रीले सदरमुकामबाट तीन दिन टाढाको क्षेत्रमा उक्त घटना भएको हो ।
‘सदरमुकामबाट निकै टाढाको क्षेत्र हो । गाडीमा एक दिन र पैदल दुई दिन हिँड्नुपर्छ । त्यसैले अहिले नै केही भन्न सक्ने अवस्था छैन’, प्रजिअ खत्रीले रातोपाटीसँग भनिन् ।
सूचना आएलगत्तै त्यस क्षेत्रमा नेपाली सेना र प्रहरी परिचालन गरिएको प्रजिअ खत्रीको भनाइ छ । हिमबाढीले दुधकोशी तटीय क्षेत्रका नागरिकहरूलाई समेत प्रभाव पार्ने बुझिएको छ । आसपासका क्षेत्रमा स्थानीय प्रशासनले सतर्कता अप्नाउन आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण