एम्बाप्पेबिनाको युगमा पीएसजीको शानदार सुरुवात
पेरिस । स्टार खेलाडी किलियान एम्बाप्पेले क्लब छाडेर रियल मड्रिड गएपछिको पहिलो प्रतिस्पर्धात्मक खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले शानदार जित हासिल गरेको छ । लिग वानको नयाँ सिजनको पहिलो खेलमा पीएसजीले ली हार्भेलाई ४–१ गोल अन्तरले पराजित गरेको हो ।
पीएसजीका रेकर्ड गोलकर्तासमेत रहेका एम्बाप्पे क्लबसँगको करार समाप्त भएसँगै यो सिजन ५ वर्षको करार गर्दै रियल पुगेका छन् । उनले पीएसजीका लागि कीर्तिमानी २ सय ४४ गोल गरेका थिए।
फरवार्ड ली काङ इनले खेलको तेस्रो मिनेटमा नै साबिक विजेता टोलीलाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफको सुरुवातमा नै गाउटिएर लोरिसले हार्भेका लागि बराबरी गोल फर्काए ।
खेल बराबरीतर्फ अग्रसर बनिरहँदा पीएसजीले खेलको अन्त्यतिर गोलको वर्षा गरेको थियो । ८४ औ मिनेटमा ओसमान डेम्बेलेले पुनः पीएजसीलाई अग्रता दिलाए ।
दुई मिनेटपछि ब्राड्ली बारकोलाले अर्को गोल थपे भने खेलको अन्त्यमा रान्डाल कोलो मुनाईले पेनाल्टीबाट गोल गर्दै टोलीलाई सहज दिलाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण