प्रधानमन्त्री सुनको कुर्सीमा हात बाँधेर बस्नुपर्छ भन्ने होइन : सञ्चारमन्त्री
काठमाडौँ । सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले देश र जनताका पक्षमा राम्रा–राम्रा कामको थालनी गरेको दाबी गरेका छन् । अर्थतन्त्र सुधारका लागि समेत सरकारले राम्रो काम गर्ने उनको भनाइ छ ।
१८ औँ राष्ट्रिय सूचना दिवसको अवसरमा रातोपाटी टीभीका लागि रोहित दाहाललाई अन्तरवार्ता दिँदै सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले सरकारले आफ्नो गतिशीलता बढाएको समेत बताए । सरकारले काम गर्नलाई कसैलाई पनि हस्तक्षेप नगरेको दाबी गर्दै उनले यसो भन्दैमा प्रधानमन्त्री सुनको कुर्सीमा हात बाँधेर बस्नुपर्छ भन्ने चाहिँ नभएको स्पष्ट पारे ।
_InZAAbYTbo.jpg)
‘समयमै आउनुपर्ने मौद्रिक नीति रोकेर प्रधानमन्त्रीले राष्ट्र बैंकमा हस्तक्षेप गर्नुभयो । त्रिभुवन विश्वविद्यालयमा पनि हस्तक्षेप गर्नुभयो । यो क्रम बढ्दै जाने खतरा छ कि ?’ भन्ने रातोपाटीको प्रश्नमा उनले भने, ‘यो हस्तक्षेप होइन । प्रधानमन्त्री सुनको कुर्सीमा हात बाँधेर बस्नुपर्छ भन्ने होइन । यो आलङ्कारिक पद पनि होइन ।’
गुरुङले त्रिभुवन विश्वविद्यालयलाई सुधार गर्न प्रधानमन्त्रीकै पहलमा काम थालेको बताए । मन्त्री गुरुङले ‘डिजिटल नेपाल’ बनाउने कामलाई सरकारले तीव्रता दिने समेत जानकारी दिए । नेपालको आफ्नै भू–उपग्रह स्याटेलाइट बनाउने र त्यसका लागि सम्भाव्यता अध्ययन समिति बनाउने तयारी भएको उनको भनाइ छ ।
_WsBbzxINIS.jpg)
हुम्लामा फाइबर पुर्याउने काम सुरु भएको उल्लेख गर्दै सञ्चारमन्त्री गुरुङले अबको एक सय दिनमा हुम्लाका सबै घर–घरमा नेपालको टेलिकमको एफटिटिएच पुर्याउने गरी काम गरिरहेको समेत जानकारी दिए । यस्तै उनले रेडियो नेपाल, नेपाल टेलिभिजन, आईटी क्षेत्रलाई समेत व्यवस्थित गर्ने बताए ।
मन्त्री गुरुङले सरकारले थालेका नयाँ काम, मुलुकको समसामयिक राजनीति, संविधानको संशोधन, पार्टीको आन्तरिक मामिला, पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको भावी राजनीति लगायतका विषयमा रातोपाटीसँगको अन्तरवार्तामा खुलेर कुराकानी गरेका छन् ।
_Sx72ozLoHk.jpg)
सोमबार रेकर्ड भएको मन्त्री गुरुङसँगको भिडियो अन्तर्वार्ता मंगलबार रातोपाटी टीभीमा प्रसारण हुनेछ । सो अवसरमा मन्त्री गुरुङले बखुन्डोलस्थित रातोपाटी कार्यालय अवलोकन समेत गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण