आफ्नै जन्मदिनमा रेखाले गरिन् छोरीको अन्नप्राशन
काठमाडौँ । अभिनेत्री रेखा थापा बुधबार आफ्नो जन्मदिन सेलिब्रेसन गरिरहेकी छन् । साथीभाइ, कलाकर्मी, समकक्षी र फ्यानबाट उनलाई सामाजिक सञ्जाललगायत विभिन्न माध्यमबाट जन्मदिनको शुभकामना मिलिरहेको छ ।
एक समय नेपाली फिल्म उद्योगमा राज गर्न सफल उनका लागि आज दोहोरो खुसी छ । एकातिर उनको जन्मदिन हो भने आजै उनले छोरी वैभवी राज्यलक्ष्मी शाहको अन्नप्राशन समेत गरेकी छन् ।
_LYf6AhP5Jl.jpg)
पशुपतिमा अन्नपूर्णदेवीको पूजा गर्दै छोरी वैभवीको अन्नप्राशन गरेकी हुन् । त्यहाँ उनले दिनभर अन्नपूर्ण भन्डारा समेत राखेकी छन् ।
‘चारै ढोकाबाट पशुपतिको दर्शन गराउँदै त्यहाँको भट्टबाट समेत छोरी र आफूलाई आर्शिवाद लिएँ’, रेखाले भनिन् ‘भन्डारा चलाउनुको उद्देश्य निःसहाय, गरिब र विपन्न सर्वसाधारणलाई भोजनको सहज उपलब्धता होस् हो ।’ तडकभडकभन्दा यो तरिका राम्रो भएको उनको भनाई छ ।
_oGlqYn50DK.jpg)
मोरङमा जन्मिएकी उनी नेपाली फिल्म क्षेत्रकी सफल अभिनेत्री हुन् । फिल्म ‘हिरो’ बाट अभिनय यात्रा सुरु गरेकी उनको पछिल्लो समय अभिनेत्री, निर्माता हुँदै निर्देशकसम्मको परिचय छ । रेखा सौन्दर्य प्रतियोगिता हुँदै अभिनयमा भित्रिएकी हुन् । २ सय हाराहारी फिल्म अभिनय गरेकी उनले एक्सन अभिनेत्रीको छवि समेत बनाएकी छन् ।
अभिनयको अलावा राजनीति पनि सक्रिय उनी राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा पार्टीमा छिन् । उनी पछिल्लो समय आफ्नो निर्माण र ज्ञानेन्द्र देउजाको निर्देशन रहने फिल्ममा ‘उपहार’ मा देखिएकी थिइन् । अहिले उनी नयाँ फिल्म निर्माणको तयारीमा छिन् ।
_RWZmkU2ajw.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण