प्रदीप खड्कालाई एयर होस्टेजको पत्र, भनिन्, ‘अमेजिङ पर्सन’
काठमाडौँ । जहाजमा यात्राका क्रममा अभिनेता प्रदीप खड्कालाई एक ‘फ्यान’ले प्रशंसा गर्दै हस्तलिखित पत्र दिएकी छन् । इन्डिगोको विमानमा यात्राका क्रममा उनलाई अरू कसैले नभएर सोही विमानकी एयरहोस्टेजले प्रशंसा गर्दै पत्र दिएकी हुन् ।
प्रदीपलाई ‘मिस्टर खड्का’ भनेर सम्बोधन गर्दै उनले इन्डिगोको विमानमा यात्रा गरेकोमा धन्यवाद दिँदै यात्रा सहज भएको होला भन्ने आशा व्यक्त गरेकी छिन् ।
पत्रमा उनले प्रदीपलाई अमेजिङ ‘पर्सन तथा हम्बल’ भनेर लेखेकी छिन् । पत्रको अन्तिममा आफ्नो नाम एयर होस्टेजले दिपा बताएकी छिन् ।
प्रदीपले यसबारे आफ्नो सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत जानकारी दिएका हुन् । उनले पत्र र पत्र लेख्ने दीपाको तस्बिर समेत शेयर गरेका छन् ।
पछिल्लो समय प्रदीपको फिल्म ‘पुजार सार्की’ रिलिज भएको थियो । जसमा उनले मैतेबहादर चरित्र निर्वाह गरेका थिए । उक्त चरित्रबाट उनले प्रशंसा बटुलेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण