पूर्व डीआईजी शाहविरुद्ध सर्वोच्चमा अख्तियारको पुनरावेदन
काठमाडौँ । पूर्व डीआईजी महेशविक्रम शाह विरुद्धको भ्रष्टाचार मुद्दामा अख्तियारले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । मध्य क्षेत्रीय तालिम केन्द्र दुधौलीमा कार्यरत रहँदा उनले भ्रष्टाचार गरेको आयोगको अनुसन्धान निष्कर्ष छ ।
विशेष अदालतले पुस ११ मा गरेको फैसलामा चित्त नबुझेर सर्वोच्चमा पुनरावेदन गरिएको आयोगका प्रवक्ता (सहसचिव) नरहरि घिमिरेले रातोपाटीलाई बताए । विशेष अदालतले शाहलाई ३ वर्ष कैद र १६ लाख ६९ हजार जरिवाना हुने ठहर गरेको थियो । मध्य क्षेत्रीय तालिम केन्द्रका तत्कालीन लेखापाल दीपेन्द्रप्रसाद पनेरुलाई पनि विशेषले शाहलाई समान जेल र जरिवाना हुने फैसला गरेको थियो ।
प्रतिवादीहरू केशव सिंह ऐरी र सञ्जीव विशंखेले आरोपदाबीबाट सफाइ पाएका थिए । प्रतिवादी शाह र पनेरुले हानी नोक्सानी गरेको बिगोलाई भागबन्डा गरेर कैद तथा जरिवानाको सजाय घटाएर विशेषले गरेको फैसला त्रुटिपूर्ण भएको भन्दै आयोगले बदर गर्न माग गरेको छ । विशंखे कोष तथा लेखा नियन्त्रक कार्यालय सिन्धुलीका तत्कालीन लेखापाल हुन् ।
२०७२ मा शाह र लेखापाल समेतले १०३ जना प्रहरी जवानहरूको किर्ते भर्पाई र दस्तखत गरेर हिनामिना गरेको आयोगको अनुसन्धान निष्कर्ष छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
राहुघाटको २२० केभी क्षमताको ‘स्विचयार्ड’ सञ्चालनमा
-
कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक
-
चीनले बर्सेनि १७ अर्ब डलरको अमेरिकी कृषिजन्य वस्तु किन्ने
-
ओलीको निर्देशन : एकताबद्ध भएर जनतामाझ जानुस्
-
मन्त्री फेरबदलले लुम्बिनी प्रदेशको बजेट निर्माणमा कस्तो असर पर्ला ?
-
सीको उत्तर कोरिया भ्रमणले बढायो उत्तर कोरियाको साख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण