यमनमा डुंगा पल्टिँदा १३ जना मरे, १४ जना बेपत्ता
सना । यमनमा आप्रवासीहरू सवार एउटा डुंगा पल्टिँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ । डुंगा यमनको तटनजिक पल्टिएको हो ।
डुंगामा सवार अन्य १४ जना बेपत्ता रहेको बताइएको छ । आप्रवासीहरू सवार सो डुंगा यमनको तटमा पल्टिएको भन्दै यमनको ताइज गभर्नेटले भनेको भन्दै अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आईओएम)ले आइतबार एक विज्ञप्तिमा भनेको हो । २५ जना इथोपियाली नागरिक र २ यमनी नागरिकलाई बोकेर जिबुटीबाट डुंगा हिँडेको बताइएको छ ।
डुंगा बानी अल–हाकम उपजिल्लाको दुबाब जिल्ला नजिक डुबेको आईओएमले भनेको छ । मृत्यु हुनेमा ११ जना पुरुष र दुई महिला भएको पुष्टि भएको छ । अरू बेपत्ताको खोजी जारी रहेको बताइएको छ ।
बेपत्ता हुनेमा यमनी क्याप्टेन र उनको सहायक रहेको बताइएको छ । डुंगा डुब्नुको कारण पत्ता लागेको छैन । पछिल्लो समय आप्रवासीहरू चढेको डुंगा पल्टिएका घटनाहरू एक पछि अर्को गर्दै आइरहेका छन् । जुन र जुलाईमा पनि यस्तै खालको घटना भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण