गौशालाबाट नक्कली नोट र खैरो हेरोइनसहित ३ जना पक्राउ
आइतबार, ०९ भदौ २०८१, २० : ४०
काठमाडौँ । काठमाडौँको गौशालाबाट प्रहरीले नेपाली नक्कली रुपैयाँ र खैरो हेरोइनसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको झापा गाउँपालिका–५ घर भएका ३० वर्षीय एराजुल हक, इलामको फाफोकथुङ–३ घर भएका ४१ वर्षीय राजेन्द्र भट्टराई र इलामकै सुर्योदय नगरपालिका घर भएका ४७ वर्षका बोधचन्द्र नामचुङ छन् ।
उनीहरुको साथबाट ५ सय र १ हजार दरको १ लाख ९५ हजार ५ सय नक्कली रुपैयाँ र ७ दशमलव ८१ ग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए ।
काठमाडौँ महानगरपालिका वडा नम्बर–९ बस्ने एराजुल हकलाई पक्राउ गर्दा उनको साथबाट नक्कली नोट फेला परेको थियो । उनको डेरा चेकजाँच गर्दा थप दुईजना लागु औषधसहित पक्राउ परेका हुन् । घटनाबारे प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा सचेतक परियारको प्रश्न : दुई–चार वटा गाडी तेर्स्याएर नेपाली प्रेस तर्सिन्छ ?
-
प्रतिनिधि सभामा पुगेर निस्किए प्रधानमन्त्री
-
बिना अवरोध सञ्चार गृहले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता उपभोग गर्न पाउनुपर्नेमा प्रलाेपाकाे जोड
-
कांग्रेसले भन्यो– प्रश्न उठाउनेमाथि बल प्रयोग र प्रतिशोध स्वीकार्य छैन
-
दूरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्तिमा प्रश्न– ५ बजेसम्म अन्तर्वार्ताको समय थियो, ३ बजे नै नियुक्ति कसरी भयो ?
-
आक्रामक फ्रान्स, हावामा बलियो इंग्ल्याण्ड, रचनात्मक स्पेन र अल्छी अर्जेन्टिना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण