उपाधि जोगाउने लक्ष्यसहित टी–२० विश्वकपका लागि अस्ट्रेलियन टोलीको घोषणा
काठमाडौँ । क्रिकेट अस्ट्रेलियाले आईसीसी टी–२० महिला विश्वकपको आगामी संस्करणका लागि आफ्नो टोलीको घोषणा गरेको छ । क्रिकेट अस्ट्रेलियाले एलिसा हेलीको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो ।
टी–२० महिला विश्वकप आगामी अक्टोबर ३ देखि २० तारिखसम्म संयुक्त अरब इमिरेट्स (यूएई) मा आयोजना हुँदैछ । प्रतियोगिता यसअघि बंगलादेशमा आयोजना हुने भएको थियो । तर, बंगलादेशको पछिल्लो राजनीतिक घटनाक्रमका कारण सुरक्षाको कारण देखाउँदै प्रतियोगिता यूएईमा सारिएको हो ।
खुट्टा भाँचिएका कारण लामो समय मैदान बाहिर रहेकी डार्सी ब्राउनलाई पनि विश्वकप टोलीमा समावेश गरिएको छ । प्रभावशाली खेलाडी जेस जोनासनलाई भने टोलीमा स्थान दिइएको छैन । यसै वर्ष भएको बंगलादेश भ्रमणका क्रममा पनि उनी टोलीमा परेकी थिइनन् ।
क्रिकेट अस्ट्रेलियाले विश्वकपका लागि घोषित टोली निकै सन्तुलित रहेको बताएको छ । अस्ट्रेलिया टी–२० महिला विश्वकपको साविक विजेता पनि हो । विश्वकपको अघिल्लो संस्करणको फाइनलमा अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई १९ रनले हराएको थियो ।
एलिसा हेली (कप्तान तथा विकेटकिपर), डार्सी ब्राउन, एस्लिघ गार्डनर, किम गार्थ, ग्रेस ह्यारिस, एलना किङ, फोएब लिचफिल्ड, थालिया म्याग्रा, सोफी मोलिनक्स, बेथ मुनी, एलिस पेरी, मेगन स्चुट, एनाबेल सथरल्यान्ड, जर्जिया वारहम र टायला भ्लामिन्क रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
-
आठ महिलाको हत्या गर्ने कुख्यात सिरियल किलर ह्युमरम्यानलाई आजीवन कारावास
-
विश्वकप २०२६ः पोर्चुगल र डीआर कंगोबिच खेल सुरु, ऐतिहासिक कीर्तिमान नजिक रोनाल्डो
-
जेनजी घाइते सन्तनु ढकालले रवि लामिछानेसँग सेल्फि हान्दै भने– ‘एकछिन’
-
खेलाडीलाई धक्का दिएको आरोपमा सूर्यवंशीमाथि कारबाही सिफारिस
-
अमेरिका–इरान सम्झौता अन्तिम नभएको ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण