एनआईसी एशिया बैंकले पायो डिजिटल बैंकिङ अवार्ड
काठमाडौँ । एनआईसी एशिया बैंकले ‘बेस्ट इन डिजिटल बैंकिङ’ अवार्ड जितेको छ । दोस्रो आईसीसी इमिर्जिङ एसिया बैंकिङ अवार्डस्मा बैंकले सो अवार्ड प्राप्त गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
। ‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप सम्पूर्ण बैंकिङ्ग सेवाहरू क्रमिक रुपले डिजिटल माध्यममा रुपान्तरण गरिरहेको अवस्थामा प्राप्त उक्त पुरस्कारल डिजिटल बैंकिङमा अझ बढी उत्पे्ररणा प्रदान गरेको बैंकले जनाएको छ ।
इण्डियन चेम्बर अफ कमर्सको आयोजनामा अगष्ट २३ मा भारतको नयाँ दिल्लीमा आयोजना गरिएको ‘बैंकिङ्ग कनक्लेभ २०२४’ कार्यक्रममा अवार्ड प्रदान गरिएको थियो । यस अवार्डमा विमस्टेक अन्तर्गतका राष्ट्रहरु नेपालसहित भारत, श्रीलंका, भुटान, म्यानमार लगायतका देशहरुका बैंकहरुले प्रतिस्पर्धा गरेका थिए ।
अवार्डमा उत्कृष्ट बैंक छनौट गर्नका लागि इण्डियन चेम्बर अफ कमर्स अन्तर्गतको आर्थिक मामिला तथा नीति विभागले विभिन्न १७ वटा सूचकहरु निर्धारण गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण