साढे तीन करोडभन्दा बढी मात्रामा पिपिआरको खोप निर्यात
सोमबार, १० भदौ २०८१, १८ : १०
काठमाडौँ । नेपालबाट साढे तीन करोडभन्दा बढी मात्रामा पिपिआरको खोप निर्यात भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार गत आर्थिक वर्षमा ३ करोड ६५ हजार ९१ हजार मात्रा खोप निर्यात भएको हो ।
नेपालबाट चाडमा ८ लाख ३३ हजार ४ सय मात्रा खोप निर्यात भएको छ । यस्तै, सुडानमा ५१ लाख, किन्यामा ११ लाख ५० हजार मात्रा खोप निर्यात भएको मन्त्रालयले जनाएको छ । यस्तै, मौरिटानियामा ७० लाख र बंगलादेशमा २ करोड २५ लाख ७ हजार ६ सय मात्रा पिपिआर खोप निर्यात भएको छ ।
पशु वस्तुमा लाग्ने एक प्रकारको रोग हो पिपिआर । नेपालबाट यो रोगको खोप विभिन्न मुलुकमा निर्यात हुँदै आएको मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण