कलकत्ता पुर्याएर मिर्गौला तस्करी गरेको आरोपमा दुईजना पक्राउ
काठमाडौं । मिर्गौला तस्करी गरेको आरोपमा प्रहरीको मानव बेचबिखन ब्युरोले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–८ घर भएका ३७ वर्षीय शंकर खत्री र मकवानपुरको भिमफेदी गाउँपालिका घर भएकी ४२ वर्षीया शान्तिमाया घलान छन् ।
एउटा मिर्गौला निकाल्दा केही नहुने र १० लाख कमाउन सकिने प्रलोभनमा पारेर उनीहरूले पीडितलाई भारतको कलकत्तामा पुर्याएर मिर्गौला तस्करी गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । मानव बेचबिखन ब्युरोका एसपी गौतम मिश्रका अनुसार उनीहरुले मिर्गौला दिँदा ‘धर्म हुन्छ’ भनेर समेत प्रलोभनमा पारेका हुन् ।
पीडितको नागरिकता समेत नक्कली बनाएर उनीहरुले काठमाडौँबाट वीरगन्ज हुँदै सुमोमा चढाएर कलकत्तामा पुर्याएर तस्करी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनीहरुविरुद्ध ९ दिनको म्याद लिएर अनुसन्धान भइरहेको एसपी मिश्रले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पछिल्लो एक हप्तामा आत्मदाहबाट तीन जनाले गुमाए ज्यान
-
हेटौँडा कपडा उद्योग : कार्यदलले बुझायाे प्रतिवेदन, परीक्षण उत्पादनको तयारी
-
मुग्लिङ-नारायणगढ सडक दुईतर्फी सञ्चालनमा
-
आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारको क्रममा मृत्यु
-
‘जलनले छालामात्र होइन, भित्री अङ्ग पनि बिगार्छ’
-
सालझण्डी–ढोरपाटन सडकको बुर्तिबाङ–फल्लेघर खण्ड ग्राभेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण