बंगलादेशविरुद्धको दोस्रो टेस्टबाट बाहिरिए साहिन शाह अफ्रिदी
काठमाडौँ । घरेलु टोली पाकिस्तानले बंगलादेशविरुद्धको दोस्रो तथा अन्तिम टेस्टमा प्रभावशाली बलर साहिन शाह अफ्रिदीलाई नखेलाउने भएको छ । पाकिस्तान र बंगलादेशबिचको दोस्रो टेस्ट शुक्रबार सुरु हुनेछ ।
पाकिस्तानी टोलीका प्रमुख प्रशिक्षक जेसन गिलेस्पीले दोस्रो टेस्टमा बायाँ हाते तीव्र गतिका बलर अफ्रिदीलाई नखेलाउने जानकारी दिएका हुन् । अफ्रिदीले आफ्नो प्रदर्शनमा सुधार ल्याउन थप प्रयास गर्नु पर्ने पाकिस्तानी प्रशिक्षकले बताएका छन् ।
दोस्रो टेस्टअघि घोषणा गरिएको १२ सदस्यीय पाकिस्तानी टोलीमा लेग–स्पिनर अबरार अहमद र तीव्र गतिका बलर मिर हमजालाई स्थान दिइएको छ । पहिलो टेस्टमा बंगलादेशसँग लज्जास्पद हार भोगेपछि पाकिस्तानी टोलीको निकै आलोचना भइरहेको छ ।
पहिलो टेस्टमा बंगलादेशले पाकिस्तानलाई १० विकेटको फराकिलो अन्तरले हराएको थियो । टेस्ट क्रिकेटमा बंगलादेशले पाकिस्तानलाई हराएको यो पहिलो पटक हो । ‘हामीले दोस्रो टेस्टमा साहिन शाह अफ्रिदीलाई नखेलाउने निर्णय गरेका छौँ । यस विषयमा उनीसँग पनि कुरा भइसकेको छ । हाम्रो निर्णयप्रति उनी पनि सहमत छन्,’ प्रशिक्षक गिलेस्पीले भनेका छन् ।
गिलेस्पीले आफूहरूले अफ्रिदीलाई केही सुझाव दिएको पनि बताएका छन् । २४ वर्षीय अफ्रिदीले पाकिस्तानका लागि ३० टेस्टको ५२ पालीमा एक सय १५ विकेट लिइसकेका छन् । उनले ५३ एक दिवसीय अन्तर्राष्ट्रियमा एक सय चार र ७० टी–२० अन्तर्राष्ट्रियमा ९६ विकेट लिएका छन् ।
पछिल्लो समय अफ्रिदीले सोचेजस्तो प्रदर्शन गर्न सकिरहेका छैनन् । उनले औसतमा एक सय ४० किलोमिटर प्रतिघण्टाको औसतमा बलिङ गर्ने गरेका छन् । गत सातामात्र उनी पिता बनेकाले पनि दोस्रो टेस्टमा उनलाई आराम दिइएको बताइएको छ ।
पाकिस्तान र बंगलादेशबिचको दोस्रो टेस्ट वर्षाका कारण प्रभावित बन्ने सम्भावना पनि देखिएको छ । पछिल्लो तीन दिनदेखि निरन्तर वर्षा भइरहेको बताइएको छ । घरेलु टोली पाकिस्तान दोस्रो टेस्टमा जित हात पार्दै शृङ्खलालाई बराबरीमा टुङ्ग्याउने धुनमा देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
-
आठ महिलाको हत्या गर्ने कुख्यात सिरियल किलर ह्युमरम्यानलाई आजीवन कारावास
-
विश्वकप २०२६ः पोर्चुगल र डीआर कंगोबिच खेल सुरु, ऐतिहासिक कीर्तिमान नजिक रोनाल्डो
-
जेनजी घाइते सन्तनु ढकालले रवि लामिछानेसँग सेल्फि हान्दै भने– ‘एकछिन’
-
खेलाडीलाई धक्का दिएको आरोपमा सूर्यवंशीमाथि कारबाही सिफारिस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण