विदेश पठाउँछौँ भनेर ठगेको आरोपमा ३ जना पक्राउ
बिहीबार, १३ भदौ २०८१, २० : २१
काठमाडौँ । वैदेशिक रोजगारमा विभिन्न देशमा पठाउने नाममा ठगेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचथर घर भएका ४२ वर्षीय शशी लामा, कास्की घर भएकी ३२ वर्षीया रोशनी विश्वकर्मा र सिन्धुली घर भएका २५ वर्षीय गणेश बहादुर श्रेष्ठ छन् ।
उनीहरुले क्रोएसिया र दुबई पठाउने नाममा ठगेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले रातोपाटीलाई बताए ।
काठमाडौँको माकलबारी बस्दै आएका शशी लामाले ३ लाख ६५ हजार ठगेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । रोशनीले १ लाख र गणेश बहादुर श्रेष्ठले २ लाख ठगी गरेको एसपी आचार्यले जानकारी दिए ।
प्रहरीले उनीहरूलाई थप अनुसन्धान र कारवाहीका लागी वैदेशिक रोजगार विभागमा पठाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पछिल्लो एक हप्तामा आत्मदाहबाट तीन जनाले गुमाए ज्यान
-
हेटौँडा कपडा उद्योग : कार्यदलले बुझायाे प्रतिवेदन, परीक्षण उत्पादनको तयारी
-
मुग्लिङ-नारायणगढ सडक दुईतर्फी सञ्चालनमा
-
आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारको क्रममा मृत्यु
-
‘जलनले छालामात्र होइन, भित्री अङ्ग पनि बिगार्छ’
-
सालझण्डी–ढोरपाटन सडकको बुर्तिबाङ–फल्लेघर खण्ड ग्राभेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण