क्रान्तिकारी कम्युनिस्ट पार्टीले आज देशव्यापी विरोध प्रदर्शन गर्दै
सोमबार, १७ भदौ २०८१, ११ : ०३
काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टीले भ्रष्टाचार, महँगी, एमसीसी लगायतको विरोधमा सोमबार देशव्यापी जनप्रदर्शन गर्ने भएको छ । राजधानीमा दिउँसो १२ बजे शान्ति बाटिकामा तीनवटै जिल्लाबाट नेता तथा कार्यकर्ता भेला भएर जनबहालमा पुगेर कोणसभा गरी सम्पन्न हुने नेता हुकुम सिंहले जानकारी दिए ।
पार्टीको निर्णयअनुसार विरोध प्रदर्शन हुन लागेको उनले बताए । पछिल्लो समय राष्ट्रियता कमजोर भएको, विदेशी हस्तक्षेप बढेको, भ्रष्टाचार, महँगी वृद्धिका कारण जनता आक्रान्त भएकाले देशव्यापी रूपमा विरोध प्रदर्शन गर्न लागेको सिंहले दाबी गरे ।
साउन २६ देखि २९ सम्म बसेको महाधिवेशन आयोजक समितिको बैठकले महाधिवेशनसम्म विभिन्न विरोधका कार्यक्रम गर्ने निर्णय गरेको थियो । बैठकले मङ्सिरको दोस्रो हप्ता महाधिवेशन गर्ने निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण