विधायन व्यवस्थापन गर्न बनेको विधेयकको सम्बन्धमा दफावार छलफल सकियो
काठमाडौँ । विधायन व्यवस्थापन गर्न बनेको विधेयकको सम्बन्धमा कानुन समितिमा दफावार छलफल सकिएको छ ।
सोमबार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकबारे जानकारी दिँदै समिति सभापति विमला सुवेदीले विधेयकको सम्बन्धमा दफावार छलफल सकिएको र दफावार छलफलका आधारमा समिति सचिवालयले कानुन मन्त्रालयसँग समन्वय गरी समितिको मस्यौदा प्रतिवेदन तयार पार्ने जानकारी दिएकी हुन् । समितिको अब बस्ने बैठकमा मस्यौदा प्रस्तुत गरी छलफल हुने र समितिले पारित गर्ने पनि बताइन् ।
समितिको बैठकमा बोल्दै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले विधायन व्यवस्थापन गर्न बनेको विधेयकले विधायन सम्बन्धी कानुन बनाउने कुरालाई व्यवस्थित गर्ने बताए । उनले भने, ‘संशोधनको प्रक्रिया सर्वसम्मत रूपमा अघि बढेको अवस्था छ । यसले विधायन सम्बन्धी कानुन बनाउने कुरालाई प्रबन्धन गर्ने कुरा व्यवस्थित गर्नेछ । यस विधायनले कानुन बनाउने कार्यलाई पारदर्शी, सरोकारवालासँग पारदर्शी ढङ्गले अनुसन्धान र मूल्याङ्कन गरेर अन्य लोकतान्त्रिक देशहरूमा भएको व्यवस्थाअनुसार व्यवस्थित गर्ने काम गर्दछ ।’
दफावार छलफलका क्रममा सांसदहरूले सशक्त रूपमा छलफल गरेको भन्दै धन्यवाद ज्ञापन गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण