सांसद भण्डारीको प्रश्न– यो देशमा सानाका कुरा सुन्नु पर्दैन ?
काठमाडौँ । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले जनताबाट अनुमोदित भएर आएका सांसदहरूले आफ्नो अधिकार सीमित नेतालाई दिएपछि देश कसरी समृद्ध हुन्छ भन्दै प्रश्न गरेका छन् ।
मंगलबारको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले नेतालाई अधिकार माग्दा हात खुट्टा जोड्दा पनि अधिकार नपाएपछि मुलुक कसरी विकसित हुन्छ भन्दै प्रश्न गरे ।
सांसद भण्डारीले साना काम गर्ने हो भने जनताले ठुला सुविधा प्राप्त गर्ने बताए । सरकारले जनताको हितका लागि कुनै पनि निर्णय गर्न नसकेको उनले बताए ।
अहिले पनि निर्माण व्यवसायीलाई २० अर्ब पैसा तिर्नुपर्ने र ६ खर्बका योजना विना रकमको भएको उनले बताए ।
‘७ खर्ब भन्दा बढी पैसा बैंकमा छ । सरकारले निर्माण व्यवसायीलाई पैसा दियो भने अहिले पनि बजारमा पैसा आउन सक्छ । मुलुकमा समृद्धि आउन सक्छ‚’ उनले भने ।
सांसद भण्डारीले यो देशमा सानाका कुरा सुन्न नपर्ने भन्दै प्रश्न समेत गरे । ‘टेलिफोनको विल‚ विद्युत्को बिल तिर्न नसकेर लाइन काटिएकाको कुरा सुन्न नसक्नेको कुरा नसुन्ने । सामान्य औषधी गर्न नसकेर मृत्यु भएकाहरूको कुरा सुन्न नसक्ने अनि अहिले पनि हामी एनसेलको विषयमा मात्र लागिरहेन‚’ उनले प्रश्न गरे ।
सांसद भण्डारीले नेपालको अन्तर्राष्ट्रिय हवाई उडान गर्ने ४ वटा विमान ग्राउण्डेट भएको र त्यसको लस बढिरहेको भन्दै एनसेलको कुरा झिक्दै भने‚‘कहिले ६५ खर्ब तिरेन । कहिले विद्युत्को पैसा तिरेन । यो के नाटक हुँदैछ । सरकारले यसको जवाफ दिनुपर्छ ।’
उनले एनसेलले पैसा तिर्नुपर्ने भन्दै सरकारले यसको जवाफ दिनुपर्ने बताए । उनले सीमित व्यक्तिलाई ब्रम्हलुट गर्न देशमा छुट हुँदै गएको बताए । सरकारले भाषण नभएर देशको विकास गर्न काम गर्न सरकारलाई अनुरोध गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी र अघोषित लोडसेडिङले धनगढीको जनजीवन अस्तव्यस्त
-
आयोजना निर्माणमा प्रक्रियागत झन्झट अन्त्य गर्ने नयाँ रणनीतिः १० वर्षका लागि ‘सनसेट कानुन’ ल्याइँदै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण