आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

सबैभन्दा धेरै कर तिर्नेमा शाहरुख शीर्ष स्थानमा, खेलाडीमा विराट अगाडि

बिहीबार, २० भदौ २०८१, १३ : ५४
बिहीबार, २० भदौ २०८१

मुम्बई । बलिउड अभिनेता शाहरुख खान भारतमा सबैभन्दा धेरै कर तिर्ने सेलिब्रेटी बनेका छन् । उनले कूल ९२ करोड भारतीय रुपैयाँ कर तिरेका हुन् ।

सन् २०२३ मा खानको कूल सम्पत्ति १३ सय करोड भारुले बढेको फोर्ब्सले जनाएको थियो । सन् २०२२ मा उनको कूल सम्पत्ति ५ हजार ११६ करोड भारु थियो । जवान र पठानको सफलतापछि यो ८ प्रतिशतले बढेको थियो । पठानले १ हजार ५० करोड भारु आम्दानी गरेको थियो ।

फर्चुन इन्डियाले बुधबार आर्थिक वर्ष २०२३–२४ मा सबैभन्दा धेरै कर तिर्ने भारतीय सेलेब्रिटीको सूची सार्वजनिक गरेको थियो । खानपछि यो सूचीको दोस्रो स्थानमा तमिल सुपरस्टार थलापति विजयी छन् । उनले ८० करोड भारु कर जम्मा गरेका छन् ।

शीर्ष ५ मा क्रमशः सलमान खान, अमिताभ बच्चन र विराट कोहली समावेश छन् ।

कर तिर्ने मामिलामा आमिर खान करिना कपुर, कपिल शर्मा र पंकज त्रिपाठीभन्दा पछि छन् । पंकजले ११ करोड भारु कर बुझाउँदा आमिरले १० करोड कर तिरेका छन् । अक्षय कुमार यो सूचीमा शीर्ष २० भन्दा बाहिर छन् ।

यस्तो छ सबैभन्दा धेरै कर तिर्ने शीर्ष १५ सेलेब्रिटीको सूची (भारतीय रुपैयाँमा)

  • शाहरुख खान – ९२ करोड
  • थलपति विजय – ८० करोड
  • सलमान खान – ७५ करोड
  • अमिताभ बच्चन – ७१ करोड
  • विराट कोहली – ६६ करोड
  • अजय देवगन – ४२ करोड
  • महेन्द्र सिंह धोनी – ३८ करोड
  • रणवीर कपुर – ३६ करोड
  • सचिन तेन्दुल्कर – २८ करोड
  • ऋतिक रोशन – २८ करोड
  • कपिल शर्मा – २६ करोड
  • सौरव गांगुली – २३ करोड
  • करिना कपुर – २० करोड
  • शाहिद कपुर – १८ करोड
  • मोहनलाल – १८ करोड

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप