शुक्रबार, ३० कात्तिक २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे, १० समाचार

बिहीबार, २० भदौ २०८१, २२ : ००
बिहीबार, २० भदौ २०८१

आज २०८१ भदौ २० गते बिहीबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

१.मन्त्रिपरिषद् बैठक

 प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण स्वीकृत भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले अमेरिकाको वासिङ्टनमा हुने संयुक्त राष्ट्र संघको महासभामा भाग लिन प्रधानमन्त्री ओलीलाई स्वीकृत दिने निर्णय गरेको हो । 

२.प्रसारण लाइन निर्माण

सरकारले चालु आर्थिक वर्ष २०८१८२ भित्र हेटौँडा–ढल्केबर–इनरुवा प्रसारण लाइनको निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ । यसै आवमा बूढीगण्डकी करिडोर प्रसारण लाइन निर्माण सुरु गर्ने, न्यू बुटवल–गोरखपुर खण्डको प्रसारण लाइन निर्माण कार्य अघि बढाउने सरकारी योजना छ ।

३. पर्यटन बोर्ड

नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख (सीईओ)मा दीपकराज जोशी नियुक्त भएका छन् ।

४.संविधान दिवस

संविधान दिवसमा रिहा हुनेगरी ४९२ जना कैदीबन्दीको कैद कट्टा गर्न सिफारिस गरिएको छ । कारागार व्यवस्थापन विभागले कैदकट्टाबारे निर्णय गर्न गृह मन्त्रालयमा सिफारिस गरेको हो । 

५.रास्वपा

पार्टी प्रवक्ता समेत रहेका महामन्त्री डा। मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले नयाँ महामन्त्री नियुक्त गर्न ढिलाइ गरेको छ । 

६. विद्यार्थीलाई रसिया पढ्न पठाउँदै सरकार

अध्ययनका लागि रसिया जाने तयारीमा रहेका ४० जना विद्यार्थीको अध्ययन अनुमति पत्र (एनओसी) रोकिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उनीहरूको एनओसी रोकेको हो ।

७. संसदीय समिति

सङ्‌घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल सुरु भएको छ । बिहीबार समितिमा विधेयकमाथि सैद्धान्तिक छलफल भएको हो ।

८.पुरुष पक्राउ

 बालिकामाथि बलात्कार गरेको आरोपमा ५४ वर्षीय एक पुरुषलाई घरबाटै पक्राउ गरिएको छ । आफ्नै घरमा घरेलु कामदारको रूपमा काम गर्दै आएकी बालिकामाथि बलात्कार गरेको आरोपमा काठमाडौँ महानगरपालिका १४ कुलेश्वर आवासीय क्षेत्रबाट ती पुरुषलाई पक्राउ गरिएको हो । 

९.सेयर बजार

 साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक ९नेप्से० १२ अंकले घटेको छ ।

१०.एनपिएल

नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग (एनपिएल) को आठ टिमको मालिक घोषणा भएको छ । टेन्डर प्रक्रियामा सहभागी भएका टोलीमध्येबाट  स्वामित्वका लागि बिहीबार बोली लगाइएको थियो । 

 बाँकी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप