मौलिक संस्कृति र परम्परालाई संरक्षण गर्नुपर्छ: प्रदेश प्रमुख देवकोटा
मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले तिज पर्वलाई भड्किलो र खर्चिलो पार्न नहुने धारणा व्यक्त गरेका छन् । उनले तिजको मौलिकता कायम राख्दै सांस्कृतिक महत्त्व जगेर्ना गर्नुपर्ने बताए ।
तिज पर्वको अवसरमा प्रदेश प्रमुख देवकोटाले शुभकामना सन्देश जारी गर्दै सांस्कृतिक पर्वहरूले नेपालीहरू बिचमा विविधतामा एकता, धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम गर्न सहयोग पुर्याइरहेको बताए । आम नेपाली महिलाहरूले मौलिक संस्कृति र परम्पराहरूलाई संरक्षण तथा प्रवर्द्धन गर्ने गरी तिज मनाउने उनले अपेक्षा व्यक्त गरेका छन् ।
'हरितालिका तिजको मौलिकतालाई कायम राख्दै यसको सांस्कृतिक महत्वको जगेर्ना गर्न यो पर्व मनाउने सन्दर्भमा देखिने गरेको भड्किलोपन र खर्चिलोपनलाई हटाउँदै जानु आवश्यक छ ।' जारी शुभकामना सन्देशमा उल्लेख छ ।
हरितालिका तिजलाई भाद्र शुक्लपक्ष तृतीया तिथिका दिन नेपाली महिलाले एक सनातन सांस्कृतिक पर्वको रूपमा मनाउँदै आएको उनले बताए । तिजले सम्पूर्ण नेपाली महिलाहरूलाई समाजमा विद्यमान लैङ्गिक विभेद, जातीय विभेदलगायत सबै प्रकारका असमानताहरूको अन्त्य गर्दै समतामूलक प्रगतिशील समाजको निर्माणतर्फ अग्रसर हुन उत्प्रेरित गर्न सक्नुपर्ने उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण