कविता
आँसु नभएको भए
शनिबार, २२ भदौ २०८१, १० : ५५

रित्तै हुन्थे सुन्दर आँखा
आँसु नभएको भए
भिज्दैनथ्यो कहिल्यै परेली
आँसु नभएको भए
जति चोट लागे पनि
जति दुःख परे पनि
जति वियोगमा डुबे पनि
जति हृदय जले पनि
जति मन पोले पनि
त्यो दन दन पीडाको ज्वाला निभाउन
असमर्थ हुन्थ्यो आँखा
आँसु नभएको भए
साक्खै आफ्ना आफन्तकै
नराम्रो वचनले घोच्दा
सानातिनो झगडाले
उग्र रूप लिई मन पोल्दा
सोच्दै नसोचेको असामयिक
घटना घटिदिँदा
बररर झार्दैनथ्यो आँखा
आँसु नभएको भए
धनी र गरिब भनी
छोरा र छोरी भनी
आफ्नै कोखका सन्तानलाई
बाबु आमाले छुट्टाउँदा पनि
मातापितालाई आफ्नै सन्तानले
वृद्धाश्रम पुर्याउँदा पनि
भिज्दैनथ्यो आँखा
आँसु नभएको भए
रसाउँदैनथ्यो कहिल्यै गह
आँसु नभएको भए
बहँदैनथ्यो थोपा थोपा गालामा
आँसु नभएको भए
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
-
चैते धानले उचित मूल्य नपाएको गुनासोपछि कृषि र उद्योगमन्त्रीबिच छलफल, आवश्यक पहल गर्ने निर्णय
-
सञ्चारकर्मी दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्चको अल्पकालीन अन्तरिम आदेश
-
भारतको पटाका फ्याक्ट्रीमा भीषण विस्फोट : ४ महिलाको मृत्यु, ९ घाइते
-
अर्थमन्त्री पौडेलले संसद्मा दिएको जवाफमा सांसद बस्नेत असन्तुष्ट
-
राष्ट्रपतिबाट जलविद्युत परियोजनाबारे चासो