कविता
आँसु नभएको भए
शनिबार, २२ भदौ २०८१, १० : ५५
रित्तै हुन्थे सुन्दर आँखा
आँसु नभएको भए
भिज्दैनथ्यो कहिल्यै परेली
आँसु नभएको भए
जति चोट लागे पनि
जति दुःख परे पनि
जति वियोगमा डुबे पनि
जति हृदय जले पनि
जति मन पोले पनि
त्यो दन दन पीडाको ज्वाला निभाउन
असमर्थ हुन्थ्यो आँखा
आँसु नभएको भए
साक्खै आफ्ना आफन्तकै
नराम्रो वचनले घोच्दा
सानातिनो झगडाले
उग्र रूप लिई मन पोल्दा
सोच्दै नसोचेको असामयिक
घटना घटिदिँदा
बररर झार्दैनथ्यो आँखा
आँसु नभएको भए
धनी र गरिब भनी
छोरा र छोरी भनी
आफ्नै कोखका सन्तानलाई
बाबु आमाले छुट्टाउँदा पनि
मातापितालाई आफ्नै सन्तानले
वृद्धाश्रम पुर्याउँदा पनि
भिज्दैनथ्यो आँखा
आँसु नभएको भए
रसाउँदैनथ्यो कहिल्यै गह
आँसु नभएको भए
बहँदैनथ्यो थोपा थोपा गालामा
आँसु नभएको भए
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण