ईडीभीका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने ४ जना पक्राउ
आइतबार, २३ भदौ २०८१, १९ : ०८
काठमाडौँ । नेपालस्थित अमेरिकी दूतावासमा इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ईडीभी) प्रयोजनका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ललितपुर घर भएकी ३२ वर्षीय गोमा पाण्डे, सर्लाही घर भएका २८ वर्षीय अनिल कुमार महतो, झापा घर भएका ५० वर्षीय गोपाल प्रसाद घिमिरे र सङ्खुवासभा घर भएका ४३ वर्षीय सुवास ढकाल छन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक काजी कुमार आचार्यका अनुसार उनीहरूले एसईई र प्लस टूको नक्कली मार्कसिट र ट्रान्सक्रिप्ट बनाई पेस गरेका थिए । उनीहरूलाई दूतावाससँगको समन्वयमा शुक्रबार नक्कली शैक्षिक प्रमाणपत्र र कागजातसहित पक्राउ गरिएको आचार्यको भनाई छ ।
चारै जनालाई लिखत सम्बन्धी कसुरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पछिल्लो एक हप्तामा आत्मदाहबाट तीन जनाले गुमाए ज्यान
-
हेटौँडा कपडा उद्योग : कार्यदलले बुझायाे प्रतिवेदन, परीक्षण उत्पादनको तयारी
-
मुग्लिङ-नारायणगढ सडक दुईतर्फी सञ्चालनमा
-
आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारको क्रममा मृत्यु
-
‘जलनले छालामात्र होइन, भित्री अङ्ग पनि बिगार्छ’
-
सालझण्डी–ढोरपाटन सडकको बुर्तिबाङ–फल्लेघर खण्ड ग्राभेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण