विमानस्थलबाट सुनसहित दुईजना पक्राउ
मङ्गलबार, २५ भदौ २०८१, १३ : ०३
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले सुन सहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्युठानको सरुमारानी गाउँपालिका–१ घर भएका ३१ वर्षीय समिर अहमद र खोटाङ घर भएका ३० वर्षीय देवराज खत्री छन् ।
दोहाबाट काठमाडौँ आएका अहमदको साथबाट प्रहरीले ५४ ग्राम सुनको ढिक्का, औँठी र मोबाइल बरामद गरेको छ । भन्सार छलेको सुन अवैध तरिकाले सङ्कलन गरेर लैजान लागेको अवस्थामा २५ ग्राम तौल बराबरको सुनको सिक्री, मोबाइल दुईथान र ल्यापटप सहित देबराज पक्राउ परेका हुन् ।
उनीहरूबारे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पछिल्लो एक हप्तामा आत्मदाहबाट तीन जनाले गुमाए ज्यान
-
हेटौँडा कपडा उद्योग : कार्यदलले बुझायाे प्रतिवेदन, परीक्षण उत्पादनको तयारी
-
मुग्लिङ-नारायणगढ सडक दुईतर्फी सञ्चालनमा
-
आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारको क्रममा मृत्यु
-
‘जलनले छालामात्र होइन, भित्री अङ्ग पनि बिगार्छ’
-
सालझण्डी–ढोरपाटन सडकको बुर्तिबाङ–फल्लेघर खण्ड ग्राभेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण