भियतनाममा रोकिएन समुद्री आँधीको वितण्डा, दिनहुँ बढ्दै मर्नेको संख्या
हानोई । भियतनाममा यागी समुद्री आँधीको वितण्डा सकिएको छैन । आँधीका कारण मर्नेको संख्या दिनहुँ जसो बढिरहेको छ ।
अचानक बाढी र पहिरो जाँदा १२५ जनाभन्दा बढी हराइरहेको स्थितिमा मर्नेको संख्या झन्डै २०० पुगेको छ । भियतनामको भीएनएक्सप्रेस पत्रिकाले बताएअनुसार समुद्री आँधी आएयता १९७ जनाले ज्यान गुमाइसकेका छन् ।
अरू १२८ जना अझै बेपत्ता रहेको बताइएको छ । ८ सयभन्दा बढी घाइते भएका छन् । अचानक आएको बाढीका कारण मंगलबार उत्तरी भियतनामको लाओ काई प्रान्तको दुर्गम गाउँ लाङ नु सारा बगाउँदा हप्ताको सुरुमा मृत्यु हुनेको संख्या ह्वात्तै बढेको थियो । बिहीबार बिहानसम्म सो गाउँमा ५३ जना बेपत्ता रहेको बताइएको छ ।
अरू सात जनाको शव भेटिएपछि गाउँमा मात्रै मर्नेको संख्या ४२ पुगेको छ । यागी भियतनाममा ३ दशकमा आएको सबैभन्दा शक्तिशाली आँधी हो । शनिबार यसले पहिरो खसालेपछि मृत्युको शृङ्खला सुरु भएको थियो । भारी वर्षाका कारण भियतनामको औद्योगिक हबहरूमा ठुलो क्षति गराएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण