भियतनाममा रोकिएन समुद्री आँधीको वितण्डा, दिनहुँ बढ्दै मर्नेको संख्या

हानोई । भियतनाममा यागी समुद्री आँधीको वितण्डा सकिएको छैन । आँधीका कारण मर्नेको संख्या दिनहुँ जसो बढिरहेको छ ।
अचानक बाढी र पहिरो जाँदा १२५ जनाभन्दा बढी हराइरहेको स्थितिमा मर्नेको संख्या झन्डै २०० पुगेको छ । भियतनामको भीएनएक्सप्रेस पत्रिकाले बताएअनुसार समुद्री आँधी आएयता १९७ जनाले ज्यान गुमाइसकेका छन् ।
अरू १२८ जना अझै बेपत्ता रहेको बताइएको छ । ८ सयभन्दा बढी घाइते भएका छन् । अचानक आएको बाढीका कारण मंगलबार उत्तरी भियतनामको लाओ काई प्रान्तको दुर्गम गाउँ लाङ नु सारा बगाउँदा हप्ताको सुरुमा मृत्यु हुनेको संख्या ह्वात्तै बढेको थियो । बिहीबार बिहानसम्म सो गाउँमा ५३ जना बेपत्ता रहेको बताइएको छ ।
अरू सात जनाको शव भेटिएपछि गाउँमा मात्रै मर्नेको संख्या ४२ पुगेको छ । यागी भियतनाममा ३ दशकमा आएको सबैभन्दा शक्तिशाली आँधी हो । शनिबार यसले पहिरो खसालेपछि मृत्युको शृङ्खला सुरु भएको थियो । भारी वर्षाका कारण भियतनामको औद्योगिक हबहरूमा ठुलो क्षति गराएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डोल्पामा आगामी जेठ पहिलो सातादेखि यार्सागुम्बा सङ्कलन
-
भ्यानले अटोरिक्सालाई ठक्कर दिँदा चालकको मृत्यु
-
प्रधानन्यायाधीशले पूर्वराजा भेटेको समाचार लेख्ने पत्रकारलाई धरौटीमा छाड्ने आदेश
-
‘एआईको प्रयोगले न्युज रुममा असर होइन, राम्रो गर्छ’
-
नौ महिनामा भएका सवारी दुर्घटनामा ७० जनाको मृत्यु
-
१० बजे १० समाचार : सिंहदरबारमा ओली–प्रचण्ड भेट, कांग्रेसले चार भ्रातृसंस्था भङ्ग गर्ने