तीन खेलाडीलाई उपचार सहयोग
बिहीबार, २७ भदौ २०८१, १८ : ५१
काठमाडौँ । राष्ट्रिय खेलाडी कल्याणकारी कोषले तीन खेलाडीलाई स्वास्थ्य उपचारका लागि आर्थिक सहयोग प्रदान गरेको छ ।
नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाएका पूर्व धावक जितबहादुर केसीलाई ७५ हजार, उसुकी पूर्व खेलाडी शर्मिला राईलाई १ लाख र १३ औँ दक्षिण एसियाली खेलकुद (साग) की स्वर्णधारी जुडोकी पुनम श्रेष्ठलाई ५० हजार रुपैयाँ सहयोग प्रदान गरिएको हो ।
केसीको पित्त थैली तथा शर्मिलाको खुट्टाको शल्यक्रिया गरिएको थियो । लिगामेन्टको शल्यक्रिया गरेकी पुनमलाई थेरापीका लागि आर्थिक सहयोग प्रदान गरिएको कोषका सदस्य–सचिव समेत रहेका नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले जनाएका छन् ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव एवं कोषका अध्यक्ष टंकलाल घिसिङले खेलाडीलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण