अमेरिकाले रुसी मिडियामाथि लगायो नयाँ प्रतिबन्ध
वासिङ्टन । अमेरिकाले रुसी मिडिया च्यानल आरटीमा नयाँ प्रतिबन्ध लगाएको छ । यो घोषणा गर्दै अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले यस च्यानललाई 'रुसी गुप्तचर प्रणालीको हिस्सा' भनेर वर्णन गरेका हुन्।
‘आरटी रुसी समर्थित मिडिया आउटलेटहरूको नेटवर्कको हिस्सा हो जसले गोप्य रूपमा संयुक्त राज्यमा लोकतन्त्रलाई कमजोर पार्ने प्रयास गरेको छ,’ ब्लिन्केनलेले शुक्रबार पत्रकारहरूलाई भने, ‘रुसी सरकारले साइबर सञ्चालन क्षमताहरू र रुसी गुप्तचरहरूसँग काम गर्ने एकाइलाई आरटीभित्र समावेश गरेको छ ।’
आरटीले सोशल मिडिया प्लेटफर्म एक्समा ब्लिन्केनको टिप्पणीलाई लाइभ स्ट्रिम गर्दै यसलाई अमेरिकाको पछिल्लो षड्यन्त्र भनेको छ। उता, रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले रुसमाथि प्रतिबन्ध लगाउने विशेषज्ञ बन्न अमेरिकाले ‘नयाँ काम’ गर्नुपर्ने बताएकी छन् ।
आरटीको कर्मचारी र यसका प्रधानसम्पादक मार्गरिटा सिमोनियनलाई अमेरिकी चुनावलाई प्रभाव पार्ने आरोपमा गत हप्ता प्रतिबन्ध लगाइएको थियो। यूएस स्टेट डिपार्टमेन्टले आरटी (पहिले रूस टुडे) लाई युरोप, अफ्रिका र उत्तर र दक्षिण अमेरिकाका देशहरूमा ‘सूचना सञ्चालन, गुप्त प्रभाव र सैन्य खरिद’ मा संलग्न भएको आरोप लगाएको छ।
ब्लिन्केनले युक्रेनमा लडिरहेका रुसी सेनाका लागि बडी आर्मर, स्नाइपर राइफल, ड्रोन र अन्य उपकरणहरू किन्नको लागि आरटीलाई अनलाइन फन्डरेजर चलाएको आरोप पनि लगाए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण