दुर्घटना
त्रिशूलीमा खसेको ट्रक चालकको मोबाइल स्विचअफ
डीएसपी भन्छन्, ‘अनुसन्धान गर्नुपर्ने देखिएको छ’
आइतबार, ३० भदौ २०८१, १० : ३४
काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका–१९ स्थित सिमलताल (२५ किलो) भन्ने ठाउँबाट त्रिशूलीमा खसेको ट्रकका चालक सम्पर्कविहीन भएका छन् ।
चालक यमबहादुर घले मोबाइल अफ गरेर सम्पर्क विहीन भएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले रातोपाटीलाई बताए ।
ना.६ ख ६२८३ नम्बरको ट्रक भैरहवाबाट सूर्यमुखी तेल बोकेर ललितपुर आउँदै गरेको थाहा भएको छ । ट्रकमा २२ सय २५ काटुर्न तेल लोड गरिएको थियो ।
प्रहरीका अनुसार दुर्घटना शङ्कास्पद रहेकोले अनुसन्धान गर्नुपर्ने देखिएको छ । डीएसपी रिजाल भन्छन्, ‘घटना अनुसन्धान गर्नुपर्ने देखिएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
-
आठ महिलाको हत्या गर्ने कुख्यात सिरियल किलर ह्युमरम्यानलाई आजीवन कारावास
-
विश्वकप २०२६ः पोर्चुगल र डीआर कंगोबिच खेल सुरु, ऐतिहासिक कीर्तिमान नजिक रोनाल्डो
-
जेनजी घाइते सन्तनु ढकालले रवि लामिछानेसँग सेल्फि हान्दै भने– ‘एकछिन’
-
खेलाडीलाई धक्का दिएको आरोपमा सूर्यवंशीमाथि कारबाही सिफारिस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण