शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय

उपलब्धि हासिल गर्ने कुरामा सधैँ पहिलो हुनेगरी काम गर्नुहोस् : मन्त्री गुरुङ

आइतबार, ३० भदौ २०८१, १४ : ३४
आइतबार, ३० भदौ २०८१

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले उपलब्धि हासिल गर्ने कुरामा सधैँ पहिलो हुनेगरी काम गर्न मन्त्रालयका कर्मचारीहरूलाई निर्देशन दिएका छन् ।

आइतबार मन्त्रालयका सचिव लगायत अन्य कर्मचारीहरूसँग कार्य सम्पादन सम्झौता गर्दै उनले सधैँ पहिलो हुनेगरी काम गर्न निर्देशन दिएका हुन् । 

मन्त्री गुरुङले सञ्चार मन्त्रालयलाई २२ मन्त्रायलहरुमध्ये दोस्रो हुने छुट नरहेको बताए । उनले हरेक कुरामा विशिष्ट श्रेणी ल्याएर टप अफ द टबल हुनुपर्ने भन्दै काममा इमान्दारितापूर्वक लाग्न आग्रह गरे । उनले सबै मिलेर काम गर्दा असफल नभइने बताए । 

मन्त्री गुरुङले काममा ठग्ने र ढाँट्नेहरु आफूलाई मन नपर्ने भन्दै इमानपूर्वक काम गर्नेलाई सुझाव दिनका लागि आफ्नो ढोका सदैव खुला रहने पनि बताए । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय उदाहरणीय मन्त्रालय बन्नेगरी काम गर्नुपर्ने उनले बताए । 

उनले भने, ‘ म्रो मन्त्रालय हरेक कुरामा डिस्टिङसन ल्याएर टप अफ द टबल हुनुपर्छ । त्यसका लागि म सबै कर्मचारी साथीहरुलाई इमान्दारितापूर्वक लाग्न अनुरोध गर्न चाहन्छु । यो एक जनाको मात्रै काम होइन, सबैले मिलेर सफल बनाउने हो । हामी र हाम्रो मन्त्रायल २२ वटा मन्त्रालयमा फस्र्ट नै हुने हो । किन भनिरहेको छु भने ममा पनि एउटा आत्मविश्वास छ ।’

मन्त्री गुरुङले दक्षिण एशियामा सबैभन्दा स्वायत्त, स्वतन्त्र मिडिया काउन्सिल नेपालकै हुने दाबीसमेत गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप