यामालको दुई गोल, बार्साको शत प्रतिशत नतिजा कायम
काठमाडौँ । लामिन यामालको दुई गोलको मद्दतले बार्सिलोनाले स्पेनिस ला लिगाको नयाँ सिजनमा आफ्नो शत प्रतिशत नतिजा कायम राखेको छ । आइतबार राति भएको खेलमा बार्साले जिरोनामाथि ४–१ को जित हासिल गरेको हो ।
१७ वर्षीय विंगरले खेलको ३० औँ मिनेटमा टोलीलाई अग्रता दिलाए । ७ मिनेटपछि रोबर्ट लेवान्डोस्कीको पासमा उनले टोलीको अग्रता दोब्बर बनाए ।
दोस्रो हाफको सुरुवातमा नै ड्यानी ओल्मोले टोलीका लागि तेस्रो गोल गरे । ६४ औँ मिनेटमा पेड्रीले अर्को गोल थपे ।
खेलको ८० औँ मिनेटमा क्रिस्टिथयन स्टुआनीले जिरोनाका लागि एक गोल फर्काए पनि उक्त गोल सान्त्वना गोल मात्र बन्न पुग्यो । उता खेलको अन्त्यतिर, मैदान प्रवेश गरेको १७ मिनेटमा फेरान टोरेसले रातो कार्ड खाँदै मैदानबाट बाहिरिनु परेको थियो ।
जितसँगै हान्सी फ्लिकको टोलीले ५ खेलबाट १५ अंक बटुल्दै एट्लेटिको मड्रिड र रियल मड्रिडभन्दा ४ अङ्कको अग्रता बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण