टेस्लाको ई–ट्रकमा लाग्यो आगो
क्यालिफोर्निया । अमेरिकी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्लाको सेमी–इलेक्ट्रिक ट्रकमा आगो लागेको छ । सोमा लागेको आगो निभाउन ५० हजार ग्यालन (१ लाख ९० हजार लिटर) भन्दा धेरै पानी खर्च गर्नु परेको थियो । यो घटना गएको महिना घटेको अमेरिकाको राष्ट्रिय परिवहन सुरक्षा बोर्ड (एनटीएसबी)ले बताएको छ ।
घटना गएको महिना क्यालिफोनिर्याको इन्टरस्टेट ८० मा ताहो तालको पश्चिममा घटेको हो । मोडमा ट्रक एउटा रुखसँग ठोक्किएर भिरालो ठाउँबाट खसेको थियो । तर यस घटनामा चालकलाई धेरै चोट लागेन । गाडीमा लागेको आगो निभाउन अग्नि नियन्त्रककर्मीहरूले पानी बाहेक विमानबाट आगो निभाउने पदार्थहरू पनि फ्याकेका थिए ।
ट्रकमा आगो लागेको समयमा यसमा जडित ब्याट्री १ हजार फरेनहाइटसम्म तातिएको थियो । यो घटनाका कारण सो राजमार्ग १५ घण्टासम्म बन्द रहेको थियो । आगो लागेको सेमी ट्रकको डिजाइन सन् २०१७ मा टेस्लाका सीईओ एलन मस्कले सार्वजनिक गरेका थिए । त्यतिबेला उनले सन् २०२० देखि ट्रक बजारमा आउने भनेका थिए । तर अहिलेसम्म पनि व्यापक स्तरमा ट्रक बन्न सुरु भएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण