‘एकपटक रवि लामिछानेलाई प्रधानमन्त्री बनाउने रहर छ’
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी चुनावबाट सभापति रवि लामिछानेलाई प्रधानमन्त्री बनाउने गरी क्रियाशील रहेको जनाएको छ ।
प्रदेशको तर्फबाट रिपोर्ट प्रस्तुत गर्दै सभापति राजन गौतमले आफू चुनाव नलड्न तयार रहेको तर लामिछानेलाई प्रधानमन्त्री बनाउने रहर रहेको बताएका हुन् ।
‘एकपटक रवि लामिछाने प्रम बनाउने रहर छ । बरु म चुनाव लड्दिनँ’, उनले भने ।
उनले तनहुँ र चितवन उपनिर्वाचनले पार्टीलाई हौस्याएपनि इलाम उपनिर्वाचनले संयमित बनाएको बताए ।
गण्डकीको हकमा मनाङ र मुस्ताङमा सङ्गठन कमजोर रहेको उल्लेख गर्दै उनले प्रदेशमा पार्टी सञ्चालन गर्न पनि आर्थिक रुपमा सकस भइरहेको बताए ।
‘प्रदेश सञ्चालन खर्च गाह्रो छ, केन्द्रबाट सहयोग छैन’, उनले भने ।
उनले प्रदेश खारेजी र धर्ममा जनमत सङ्ग्रह गरेर संविधान संशोधन गरिनुपर्ने र ०८४ अघि पार्टी सरकारमा जान नहुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
९ उपसचिवसहित २८ कर्मचारीको सरुवा (सूचीसहित)
-
प्रत्यक्ष जलमार्गको सम्बन्धको सम्भावना खोज्दै बङ्गलादेश र माल्दिभ्स
-
सुनसरीमा संयुक्त रूपमा सुरक्षा योजना निर्माण र परिचालन गर्ने निर्णय
-
‘सेवा पुरस्कार’ मुटु रोग विशेषज्ञ डा.कोइरालालाई
-
विप्लव भन्छन्– गोली र दमनले जनता होइन सत्ता ढाल्छ
-
१० बजे १० समाचार : सुनसरीमा सामाजिक सद्भाव बनाउन सर्वपक्षीय सहमति, रास्वपाले बोलायो केन्द्रीय समिति बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण