सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : सुनसरीमा सामाजिक सद्‌भाव बनाउन सर्वपक्षीय सहमति, रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

सोमबार, ११ साउन २०८३, २२ : ००
सोमबार, ११ साउन २०८३

सारांश

  • सुनसरीमा सामाजिक सद्भाव कायम गर्न सर्वपक्षीय सहमति भएको छ ।
  • राष्ट्रिय स्वतन्त्र पार्टीले साउन १३ गते केन्द्रीय समिति बैठक बोलाएको छ ।
  • नागढुंगा-सिस्नेखोला सुरुङमार्ग, जुन करिब २९ अर्ब रुपैयाँको लगानीमा बनेको छ, उद्घाटन गरिएको छ ।

आज २०८३ साउन ११ गते आइतबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ–

आजका मुख्य समाचारमा सुनसरीमा सामाजिक सद्भाव बनाउन सर्वपक्षीय सहमति, रास्वपाले बोलायो केन्द्रीय समिति बैठक, नागढुंगा सुरुङमार्ग उद्घाटन, तीन बुँदे सहमतिले एमाले–नेकपाभित्र असन्तुष्टि, सरकार गठनबारे अन्योलमा कर्णाली, अचेत अवस्थामा भेटिएका दुई महिलाको उपचारका क्रममा मृत्यु, डोजर चलेको ३ महिनासम्म के–के झेले सुकुमबासीले ? सरकारसँग सहमतिपछि डा. केसीले तोडे अनशन लगायत छन् ।

१. सुनसरीमा सामाजिक सद्‌भाव बनाउन सर्वपक्षीय सहमति
सुनसरीको देवानगञ्जमा भएको घटनापछि उत्पन्न तनाव नियन्त्रण गर्न र साम्प्रदायिक भड्काव रोक्न सर्वपक्षीय बैठकले विशेष पहल गर्ने निर्णय गरेको छ । 

२. रास्वपाले बोलायो केन्द्रीय समिति बैठक
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक आह्वान गरेको छ । साउन १३ गते बस्नेगरी बैठक आह्वान गरिएको हो ।

३. नागढुंगा सुरुङमार्ग उद्घाटन
काठमाडौँ र धादिङलाई जोड्ने गरी निर्मित नागढुंगा–सिस्नेखोला सुरुङमार्ग उदघाटन गरिएको छ । करिब २९ अर्ब रुपैयाँ लगानीमा बनाइएको मुलुकको पहिलो व्यवस्थित यातायात सुरुङमार्ग शिलान्यासको ७ वर्षपछि सोमबार उदघाटन गरिएको हो ।

४. तीन बुँदे सहमतिले एमाले–नेकपाभित्र असन्तुष्टि
प्रदेशमा सत्ता सहकार्य गर्ने उद्देश्यले तीन बुँदे सहमति गरेका नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीभित्र असन्तुष्टिका स्वर सुनिन थालेको छ ।

५. सरकार गठनबारे अन्योलमा कर्णाली
कर्णालीमा मुख्यमन्त्रीका लागि दाबी पेस गर्न प्रदेश प्रमुखले मंगलबार अपराह्न ५ बजेसम्मको समयसीमा तोकेका छन् । यद्यपि, सोमबार अपराह्नसम्म पनि नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका नेता अन्योलमा छन् । दुवै दलका शीर्ष नेताबिच भएको सहमति अनुसार कर्णालीमा नेपाली कम्युनिस्ट पार्टीले सरकारको नेतृत्व गर्नेछ भने एमालेले सत्ता साझेदार भूमिका निर्वाह गर्नेछ ।

६. अचेत अवस्थामा भेटिएका दुई महिलाको उपचारका क्रममा मृत्यु
नवलपुरमा अचेत अवस्थामा फेला परेका दुई महिलाको उपचारका क्रममा मृत्यु भएको छ । गैँडाकोट नगरपालिका वडा नम्बर १० स्थित अकलामाई मन्दिर नजिकै चौरमा उनीहरू अचेत भेटिएका थिए ।

७. प्रस्तावित निर्वाचन आयुक्तद्वयको संसदीय सुनुवाइ भोलि
निर्वाचन आयोगको आयुक्त पदमा नियुक्तिका लागि सिफारिस भएका प्रस्तावित ओखलढुङ्गा निवासी गुरूप्रसाद वाग्ले र काठमाडौँ निवासी डा. राजीव सुब्बाको संसदीय सुनुवाइ भोलि हुने भएको छ ।

८. डोजर चलेको ३ महिनासम्म के–के झेले सुकुमबासीले ?
काठमाडौँ उपत्यकाका नदी किनारमा वर्षौंदेखि बसोबास गर्दै आएका सुकुमबासी तथा अव्यवस्थित बसोबासीहरूलाई डोजर चलाएर त्यहाँबाट हटाएको तीन महिना भएको छ । बस्ती भत्काएर मानिसहरूलाई अस्थायी आश्रयस्थलमा पुर्याएको ९० दिन बितिसक्दा पनि उनीहरूको दिगो पुनर्स्थापना र स्थायी व्यवस्थापनको मुद्दा भने अझै अन्योलमै छ ।

९. सम्पदाका हिसाबले धनी भए पनि संरक्षण क्षेत्रका पालिका आर्थिक रूपमा सधैँ गरिब 
मनास्लु संरक्षण क्षेत्र आयोजना र अन्नपूर्ण संरक्षण क्षेत्रका पालिकाहरू सम्पदाका हिसाबले धनी भए पनि आर्थिक रूपमा सधैँ गरिब छन् । आखिर किन यस्तो भयो ? यसबारे रातोपाटीले विशेष सामग्री तयार पारेको छ । 

१०. सरकारसँग सहमतिपछि डा. केसीले तोडे अनशन
डा. गोविन्द केसी र सरकारबिच सहमति भएको छ । सोमबार सरकारसँग सहमति भएसँगै डा. केसीले अनसन ताडेका छन् । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारका विभिन्न माग राख्दै डा. केसीले धनगढीको कृष्ण मन्दिरमा आफ्नो २४ औँ अनशन सुरु गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप