एटलान्टा युनाइटेडसँग बराबरीमा रोकियो मेस्सी आबद्ध इन्टर मियामी
काठमाडौँ । मेजर लिग सकर (एमएलएस) फुटबल प्रतियोगिताको शीर्ष स्थानमा रहेको इन्टर मियामी आफ्नो पछिल्लो खेलमा बराबरीमा रोकिएको छ ।
विश्व फुटबलका महान खेलाडीमध्येका एक लियोनल मेस्सी आबद्ध क्लब इन्टर मियामीलाई बिहीबार विहान सम्पन्न खेलमा एटलान्टा युनाइटेडले २–२ गोलको बराबरीमा रोकेको हो । उक्त खेल एटलान्टा युनाइटेडको घरेलु मैदानमा खेलिएको थियो । खेलमा अग्रता इन्टर मिलामीले नै लिएको थियो ।
खेल सुरु भएको २९ औँ मिनेटमा इन्टर मियामीका लागि डेभिड रुइजले पहिलो गोल गरेका थिए । सोही गोलका कारण पहिलो हाफमा इन्टर मियामी अगाडि रह्यो । निर्धारित समयको ५६ औँ मिनेटमा एटलान्टा युनाइटेडका लागि साबा लोब्झानिडेजले जवाफी गोल गरेका थिए ।
त्यसपछि खेलको ५९ औँ मिनेटमा लियोनार्दो काम्पानाले इन्टर मियामीलाई पुनः २–१ को अग्रता दिलाएका थिए । इन्टर मियामी जिततर्फ अग्रसर रहँदा निर्धारित समयको ८४ औँ मिनेटमा एटलान्टा युनाइटेडका लागि एलेक्सी मिरानचुकले बराबरी गोल फर्काएका थिए ।
यसै वर्ष एटलान्टा युनाइटेडमा आबद्ध भएका मिरानचुकले एमएलएसमा गरेको यो पहिलो गोल हो । अर्जेन्टिनी सुपरस्टार फुटबलर लियोनल मेस्सी सुरुमा मैदानमा ओर्लिएका थिएनन् । निर्धारित समयको ६१औँ मिनेटमा उनी परिवर्तित खेलाडीका रुपमा मैदानभित्र प्रवेश गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘अहिलेको सरकारले टुङ्गो नलगाए सङ्क्रमणकालीन न्यायको मुद्दा कहिल्यै सुल्झिँदैन’
-
गोरुलाई निर्दयी व्यवहार गरेर भिडियो बनाउने युवक पक्राउ
-
टिकटकर अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
-
‘प्राइभेट भिल्ला पार्टी’को नाममा ठगेको आरोपमा युवक पक्राउ
-
१३ अङ्कले घट्यो सेयर बजार, कारोबार ४ अर्ब ७० करोडमा सीमित
-
मलेसियामाथि नेपालको सानदार जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण