सलमान खानको बुबालाई धम्की आएसँगै प्रहरीमा उजुरी
नयाँ दिल्ली । बलिउड अभिनेता सलमान खानका बुबा सलिम खानलाई धम्की आएको छ । बिहीबार बिहान मर्निङ वाकमा निस्किएका सलिम खानलाई बुर्का लगाएकी एक महिलासहितले लरेन्स बिश्नोईको नामबाट धम्की दिएको भारतीय सञ्चारमाध्यमहरूमा खबर छ ।
समाचार अनुसार अभिनेताको परिवारले बान्द्रा पुलिस स्टेसनमा यस बारे उजुरी दिएको छ । सलमान खानको परिवारलाई लरेन्सको नाममा धम्की आएको यो पहिलो पटक भने होइन । यसअघि १४ अप्रिलमा सलमान खानको मुम्बईस्थित घर ग्यालेक्सी अपार्टमेन्ट बाहिर फायरिङ भएको थियो ।
खबरका अनुसार सेप्टेम्बर १८ मा सलिम खान ब्यान्डस्ट्यान्ड क्षेत्रमा बिहान टहल्न निस्किएका थिए । त्यसपछि स्कुटरमा सवार एकजना पुरुष र बुर्का लगाएकी एउटी महिला उनी नजिक आएर ‘ठिकसँग रहनुस्, नत्र मैले लरेन्सलाई पठाइदिन्छु ?’ भनेर भने । सलिम खानले के भइरहेछ भनेर बुझ्नुअघि नै दुवै जना फरार भइहाले । धम्की दिने को हुन् भनेर अहिलेसम्म थाहा हुन सकेको छैन । बान्द्रा प्रहरीले सलमान खानका बुवा सलिम खानलाई धम्की दिएको मामिला दर्ता गरेर एक आरोपीलाई पक्राउ गरेको छ ।
तर, ती महिला भने अझै फरार छिन् ।यसै वर्ष अप्रिल १४ मा मोटरसाइकलमा सवार दुई अज्ञात व्यक्तिले मुम्बईको बान्द्रामा रहेको सलमान खानको घर बाहिर चार राउन्ड गोली हानेका थिए । अनुसन्धानको क्रममा सो आक्रमण ग्याङ्गस्टर लरेन्स बिश्नोई गिरोहले गराएको भेटियो । यस घटनामा प्रहरीले छ जनालाई गिरफ्तार समातेको थियो । एक आरोपीले जेलमै आत्महत्या गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण