शनिबार, २६ असोज २०८१
ताजा लोकप्रिय

क्रिकेट अस्ट्रेलियाले सामराविरामाथि २० वर्षको प्रतिबन्ध लगायो

बिहीबार, ०३ असोज २०८१, १५ : ०२
बिहीबार, ०३ असोज २०८१

काठमाडौँ । क्रिकेट अस्ट्रेलियाले श्रीलंकाका पूर्वखेलाडी दुलिप सामराविरालाई अस्ट्रेलियान क्रिकेटको कुनै पनि गतिविधिमा संलग्न हुनबाट रोक लगाएको छ । क्रिकेट अस्ट्रेलियाको आचार संहिता उल्लंघन गरेको आरोपमा उनीमाथि यस्तो प्रतिबन्ध लगाइएको हो ।

क्रिकेट अस्ट्रेलियाले सामराविरामाथि २० वर्षका लागि यस्तो प्रतिबन्ध लगाएको समाचारमा जनाइएको छ । क्रिकेट अस्ट्रेलियाको यो निर्णयपछि ५२ वर्षीय सामराविराले अस्ट्रेलियाभित्र कुनै पनि क्रिकेट गतिविधिमा संलग्न हुन पाउने छैनन् ।

उनी अस्ट्रेलियाको कुनै पनि क्लब वा संघमा समेत प्रशिक्षक, सल्लाहकार वा अन्य पदमा आसिन हुन पाउने छैनन् । सामराविरा क्रिकेट भिक्टोरियाका प्रमुख प्रशिक्षक थिए । सोही पदमा रहँदा उनले क्रिकेट अस्ट्रेलियाको नियम उल्लंघन गरेको बताइएको छ ।

दुलिप सामराविरामाथि कस्तो आरोप लगाइएको हो भन्ने विषयमा भने समाचारमा केही खुलाइएको छैन । श्रीलंकाका लागि सामराविराले सन् १९९३ देखि सन् १९९५ को बिचमा सात टेस्ट र पाँचवटा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप