दक्षिण अफ्रिकाको लज्जास्पद हार, अफगानिस्तानलाई शृङ्खला
शारजाह । दक्षिण अफ्रिकालाई दोस्रो खेलमा हराउँदै अफगानिस्तानले एकदिवसीय शृङ्खलामाथि कब्जा जमाएको छ । आईसीसीको वरीयतामा शीर्ष ५ स्थानमा रहेको टोलीविरुद्ध अफगानिस्तानको यो सबैभन्दा ठुलो सफलता हो ।
शुक्रबार राति भएको खेलमा अफगानिस्तानले १ सय ७७ रनको जित हासिल गर्यो । ३ सय १२ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाको टोलीले ३४.२ ओभरमा अलआउट हुँदै १ सय ३४ रन मात्र बनाउन सक्यो ।
टोलीका लागि कप्तान तेम्बा बाभुमाले सर्वाधिक ३८ रनको योगदान दिए । त्यस्तै, अर्का ओपनर टोनी डे जोर्जीले ३१ रन बनाए । ऐडन मार्क्रमले २१ तथा रिजा हेन्ड्रिक्सले १७ रन बनाउनबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
आफ्नो जन्मदिन मनाइरहेका रासिद खानले घातक बलिङ गर्दै ९ ओभरमा मात्र १९ रन खर्चेर ५ विकेट लिए । उनलाई नाङगेयालिया खारोटेले ४ विकेट लिँदै राम्रो साथ दिए । अज्मतुल्लाह ओमारजाईले १ विकेट लिए ।
पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ४ विकेटको क्षतिमा ३ सय ११ रन बनाएको थियो । टोलीका लागि रहमानुल्लाह गुरबाजले शतकीय इनिङ्सले खेले । उनले ११० बलमा १ सय ५ रन बनाए । यसक्रममा उनले १० चौका र ३ छक्का हिर्काए ।
त्यस्तै, अज्मतुल्लाह ओमारजाईले नटआउट रहँदै ५० बलमा ८६ रन जोडे । उनले ५ चौका र ६ छक्का प्रहार गरे । रहमत शाहले पनि ६६ बलमा ५० रन बनाए ।
पहिलो खेलमा अफगानिस्तान ६ विकेटले विजयी भएको थियो । योसँगै टोलीले ३ खेलको शृङ्खला २–० ले जितेको छ । अब तेस्रो खेल आइतबार खेलिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक सातापछि सगरमाथा आधार शिविर क्षेत्रबाट दावा शेर्पाको उद्धार, थप उपचारको लागि काठमाडौँ ल्याइयो (तस्बिरहरू)
-
अफगानिस्तानमा बारुदी सुरुङ विस्फोट : २ जना बालबालिकाको मृत्यु
-
प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
-
अल्छीपन छोड्नुहोस्, आयु बढाउनुहोस्
-
फोहोर सम्झिएर नफाल्नुहोस् तरकारी तथा फलफूलका बोक्रा र चियापत्ती
-
२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026