दक्षिण अफ्रिकाको लज्जास्पद हार, अफगानिस्तानलाई शृङ्खला

शारजाह । दक्षिण अफ्रिकालाई दोस्रो खेलमा हराउँदै अफगानिस्तानले एकदिवसीय शृङ्खलामाथि कब्जा जमाएको छ । आईसीसीको वरीयतामा शीर्ष ५ स्थानमा रहेको टोलीविरुद्ध अफगानिस्तानको यो सबैभन्दा ठुलो सफलता हो ।
शुक्रबार राति भएको खेलमा अफगानिस्तानले १ सय ७७ रनको जित हासिल गर्यो । ३ सय १२ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाको टोलीले ३४.२ ओभरमा अलआउट हुँदै १ सय ३४ रन मात्र बनाउन सक्यो ।
टोलीका लागि कप्तान तेम्बा बाभुमाले सर्वाधिक ३८ रनको योगदान दिए । त्यस्तै, अर्का ओपनर टोनी डे जोर्जीले ३१ रन बनाए । ऐडन मार्क्रमले २१ तथा रिजा हेन्ड्रिक्सले १७ रन बनाउनबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
आफ्नो जन्मदिन मनाइरहेका रासिद खानले घातक बलिङ गर्दै ९ ओभरमा मात्र १९ रन खर्चेर ५ विकेट लिए । उनलाई नाङगेयालिया खारोटेले ४ विकेट लिँदै राम्रो साथ दिए । अज्मतुल्लाह ओमारजाईले १ विकेट लिए ।
पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ४ विकेटको क्षतिमा ३ सय ११ रन बनाएको थियो । टोलीका लागि रहमानुल्लाह गुरबाजले शतकीय इनिङ्सले खेले । उनले ११० बलमा १ सय ५ रन बनाए । यसक्रममा उनले १० चौका र ३ छक्का हिर्काए ।
त्यस्तै, अज्मतुल्लाह ओमारजाईले नटआउट रहँदै ५० बलमा ८६ रन जोडे । उनले ५ चौका र ६ छक्का प्रहार गरे । रहमत शाहले पनि ६६ बलमा ५० रन बनाए ।
पहिलो खेलमा अफगानिस्तान ६ विकेटले विजयी भएको थियो । योसँगै टोलीले ३ खेलको शृङ्खला २–० ले जितेको छ । अब तेस्रो खेल आइतबार खेलिनेछ ।
T20I Tri-Series in Scotland, 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'टेक एण्ड पे' पीपीए संशोधनमा सरकार गम्भीर नभएपछि इप्पानले घोषणा गर्यो आन्दोलन
-
बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का पूर्वकार्यकारी निर्देशक ठाकुरसहित ९ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
-
‘कुलिङ पिरियड’ हटाउने चलखेलविरूद्ध अधिकांश दल, एक्लिँदै एमाले
-
सुदूरपश्चिमका सचिन र सुशील १६ वर्ष मुनिकाे राष्ट्रिय क्रिकेट टोलीमा समावेश
-
मितेरी सहकारी प्रकरण : ज्योति भण्डारीलाई ७ दिन हिरासतमा राख्न अनुमति
-
सुदूरपश्चिममा बजेटमाथिको छलफल असार १० गतेदेखि सुरू हुने