चितुवाको छालासहित युवक पक्राउ
शनिबार, ०५ असोज २०८१, ०८ : ३७
बझाङ । चितुवाको छालासहित बझाङबाट एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । हिजो साँझ ७ः३० बजे जयपृथ्बी नगरपालिका–१० चैनपुर बजार बस्ने खगेन्द्र राज जोशीलाई चितुवाको छालासहित पक्राउ गरिएको हो ।
प्रहरी निरीक्षक किशोर जोशीको कमान्डमा खटिगएको प्रहरी टोलीले शङ्का लागि चेकजाँच गर्ने क्रममा निजले हातमा बोकेको सिमेन्टको कठ्ठा भित्र लुकाई छिपाई राखेको टाउकोदेखि पुच्छरसम्मको लम्बाई ८ फिट २ इन्च र छातीको चौडाइ ३ फिट २ इन्च भएको सेतोमा कालो, खैरो रङ्गको बुट्टा भएको दाँत र पन्जा सहितको चितुवाको छाला फेला पारी बरामद गरेको हो ।
जोशीलाई पनि पक्राउ गरी थप अनुसन्धानको लागि हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण