कांग्रेस सांसद शर्माद्वारा दुर्गा प्रसाईँ पक्राउको विरोध, रिहाइको माग
काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउको विरोध गरेका छन् । उनले प्रसाईंको गिरफ्तारीको भर्त्सना गर्दै तत्काल निःशर्त रिहाइको माग गरेका छन् ।
‘सरकारले जनतालाई डेलिभरी दिने, समयसापेक्ष जनताका पक्षमा काम गर्ने जिम्मेवारी बिर्सेर सरकारका गलत कामका विरुद्ध बोल्ने, सरकारलाई खबरदारी गर्ने अभियन्ताको बोली बन्द गराउने गलत नियतले दुर्गा प्रसाईँजीलाई गिरफ्तार गर्नु राज्य आतङ्क हो’, शर्माले भने ।
लोकतन्त्र स्वतन्त्र अभिव्यक्ति दिने हरेक नेपाली नागरिकको अधिकार भएको उनको भनाइ छ ।
गरिब र निमुखाहरूको आवाज बोक्ने अभियन्ता प्रसाईँलाई गिरफ्तार गर्न तर्फ सरकारको ध्यान दाजु दुखद भएको पनि शर्माले बताए ।
उनले भने, ‘लोकतन्त्रको घाटी निमोठ्ने काम बन्द गरियोस्। तत्काल सामाजिक अभियन्ता दुर्गा प्रसाईँको निःशर्त रिहाइको माग गर्दछु ।’ प्रसाईँ साइबर अपराधको आरोपमा आइतबार पक्राउ परेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण