सहकारी ठगी प्रकरण
छविलाल जोशीको बयान सुरु
मङ्गलबार, ०८ असोज २०८१, ११ : ५६
पोखरा । पोखराको सूर्यदर्शन सहकारी रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको आरोपमा पक्राउ परेका पूर्वडीआइजी छविलाल जोशीको बयान सुरु भएको छ । प्रहरीले सरकारी वकिल कार्यालयमा बयान सुरु गरेको हो ।
जे जे मुद्दा आकर्षित हुन्छ सबैमा बयान लिन्छौँ । आजबाट बयान सुरु भएको छ । कम्तीमा ३ दिन लाग्छ । सहकारी ठगी, सङ्गठित अपराध, किर्ते, सम्पत्ति शुद्धीकरण लगायत मुद्दा आकर्षित हुन्छन् । हामी मिहिन हिसाबले बयान लिँदै छौं , एसपी मोहन थापा भने ।
जोशीलाई सोमबार जिल्ला अदालत कास्कीमा १० दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले माग गरेको थियो । तर अदालतले ५ दिनको मात्रै म्याद दिएको थियो । काठमाडौँबाट पक्राउ परेका जोशीलाई आइतबार राति पोखरा ल्याइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियाका जेजे स्मिथ चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण