कति पारिश्रमिक पाउँछन् क्रिकेट अम्पायरले ?
काठमाडौँ । क्रिकेट विश्वकै सर्वाधिक लोकप्रिय खेलमध्ये एक हो । विश्वका चर्चित क्रिकेटरहरूले वार्षिक रूपमा करोडौँ कमाउँछन् । पछिल्लो समय विश्वव्यापी रूपमा चलेको फ्रेन्चाइज क्रिकेटको बाढीले क्रिकेटरको आर्थिक अवस्था झनै बलियो बनाउँदै लगेको छ ।
स्वाभाविक रूपमा सञ्चारमाध्यमदेखि लिएर सामाजिक सञ्जालसम्म क्रिकेट खेलाडीको पारिश्रमिकको विषय नै बढी चर्चा हुन्छ । तर, खेलाडीमात्र होइन, क्रिकेट खेलको अन्य भूमिकामा सक्रिय व्यक्तिले पनि लाखौँ रुपैयाँ कमाउने गरेका छन् ।
त्यसैमध्ये अम्पायरको भूमिका पनि एक हो । क्रिकेट खेलमा अम्पायरको भूमिका निकै महत्त्वपूर्ण रहन्छ । यो निकै गाह्रो काम पनि हो । अम्पायरले टेस्ट र एक दिवसीयजस्ता प्रतियोगितामा लामो समय मैदानमा उभिएर आफ्नो जिम्मेवारी पुरा गर्नु पर्ने हुन्छ ।
आखिर अम्पायरले एउटा अन्तर्राष्ट्रिय खेल खेलाएवापत कति पारिश्रमिक पाउँछन् त ? स्वाभाविक रूपमा घरेलु प्रतियोगिता खेलाउने अम्पायरभन्दा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलाउने अम्पायरको पारिश्रमिक निकै बढी हुन्छ ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले अन्तर्राष्ट्रिय प्रतियोगिता खेलाएवापत अम्पायरका लागि लोभलाग्दो पारिश्रमिक निर्धारण गरेको हुन्छ । अन्तर्राष्ट्रिय प्रतियोगिता खेलाउने चर्चित अम्पायरहरूले वार्षिक रूपमा औसतमा ८० हजारदेखि दुई लाख अमेरिकी डलरसम्म कमाउँछन् ।
अम्पायरहरुको अनुभव, प्रतिष्ठा, महत्वजस्ता पक्षले पनि उनीहरूले पाउने पारिश्रमिकमा असर पार्ने गरेको हुन्छ । अलिम दार चर्चित क्रिकेट अम्पायर हुन् । उनी आईसीसी विश्वकप र अन्तर्राष्ट्रिय खेल खेलाएवापत सबैभन्दा बढी पारिश्रमिक पाउने अम्पायरमध्ये एक हुन् ।
अलिम दारले एउटा टेस्ट खेलाएवापत ६ लाख रुपैयाँभन्दा बढी पारिश्रमिक पाउँछन् । उनले एउटा एक दिवसीय अन्तर्राष्ट्रिय खेल खेलाएवापत तीन लाख ६० हजार रुपैयाँभन्दा बढी पारिश्रमिक पाउँछन् । एउटा टी–२० अन्तर्राष्ट्रिय खेल खेलाएवापत उनले एक लाख ८० हजार रुपैयाँभन्दा बढी पारिश्रमिक प्राप्त गर्छन् ।
आईसीसीका अम्पायरले एउटा खेल खेलाएवापत पाउने सबैभन्दा कम पारिश्रमिक भने एक हजार पाँच सय अमेरिकी डलर (करिब दुई लाख रुपैयाँ) हो । विश्वकपमा भने एउटा खेल खेलाएवापत अम्पायरले पाँच हजार अमेरिकी डलर (करिब ६ लाख ७० हजार नेपाली रुपैयाँ) सम्म पारिश्रमिक पाउँछन् ।
अनि विश्वकै सर्वाधिक लोकप्रिय फ्रेन्चाइज प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) खेलाउने अम्पायरले कति पारिश्रमिक पाउँछन् त ? आईपीएलको अघिल्लो संस्करणमा भारतका अनिल चौधरीले प्रत्येक खेलवापत एक लाख ९८ हजार भारतीय रुपैयाँ पारिश्रमिक लिएका थिए ।
चौधरीसँगै भारतकै नितिन मेनन, न्युजिल्यान्डका क्रिस गाफानी, अस्ट्रेलियाका ब्रुस अक्सेनफोर्ड, अस्ट्रेलियाकै रड टस्कर, भारतका यशवन्त बार्डे, नन्द किशोर, जयरामन मदनगोपालले पनि प्रत्येक खेल खेलाएवापत एक लाख ९८ हजार भारतीय रुपैयाँ पारिश्रमिक पाएका थिए ।
यसैगरी, भारतकै निखिल पटबद्र्धन, तपन शर्मा, सैयद खालिद, नवदीप सिंह, सदशिव ऐयर, रोहन पण्डितलगायतका अम्पारले भने प्रत्येक खेलवापत ५९ हजार भारतीय रुपैयाँ पारिश्रमिक पाएका थिए । पारिश्रमिका अतिरिक्त अम्पायरका लागि यातायात, आवास र खानपिनको सुविधा पनि उपलब्ध गराइएको हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
-
आठ महिलाको हत्या गर्ने कुख्यात सिरियल किलर ह्युमरम्यानलाई आजीवन कारावास
-
विश्वकप २०२६ः पोर्चुगल र डीआर कंगोबिच खेल सुरु, ऐतिहासिक कीर्तिमान नजिक रोनाल्डो
-
जेनजी घाइते सन्तनु ढकालले रवि लामिछानेसँग सेल्फि हान्दै भने– ‘एकछिन’
-
खेलाडीलाई धक्का दिएको आरोपमा सूर्यवंशीमाथि कारबाही सिफारिस
-
अमेरिका–इरान सम्झौता अन्तिम नभएको ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण